Comments Add Comment

अमेरिकामा नेपालीले देउसीभैलो खेल्दै भाइटीका यसरी मनाए (तस्वीरसहित)

 

२२ अक्टोबर, न्यूयोर्क । अमेरिकाका विभिन्न राज्यमा बसोबास गर्ने नेपाली समुदायले २०७४ सालको तिहारको पाँचौ एवम अन्तिम दिन भाइटीका मनाएका छन् ।

अमेरिकामा अब दुइ पुस्ते र तीन पुस्ते परिवार पनि भेला हुने भएकोले नेपाल जस्तै गरि भाइटीका मनाएका छन् ।

अन्तिम दिन शनिबार दिदीबहिनीले दाजुभाइलाई र दाजुभाइले दिदीबहिनीलाई यश, ऐश्वर्य र दीर्घायुको कामना गर्दै आ आफ्नो परम्परा अनुसार पञ्चरङ्गी वा सप्तरङ्गी टीका लगाएर यस बर्ष को तिहारलाई बिदा गरेका छन् ।

यस पटक भाइटीका शनिबार बिदा भएको र मध्यान्ह ११ बजेर ५५ मिनेटको साइतदेखि रातिको समयसम्म दिनभर भाइटीका लगायका छन् ।

अमेरिकामा जन्मेका बालबालिका,पहिलो पुस्ता ,विद्यार्थी, अमेरिका विभिन्न कारण बाट आएका कलाकार ,साहित्यकार ,पत्रकार ,पर्यटक ,ब्यबसायी तथा विभिन्न पेसाका नेपाली समुदायले काग तिहार ,कुकुर तिहारको साथै भाइटीका समेत मनाएका छन् ।

नेपाल जस्तै सबै सामग्रीहरु नेपाली पसल तथा भारतीय पसलमा समेत उपलब्ध हुनाले दिदीबहिनीले लक्ष्मी पूजा गरेको दियो, कलश र गणेशसहित मार्कण्डेय अन्य बिधि अनुसार पूजाआजा गरी तेलको धाराले दाजुभाइलाई घेरेर ढोकामा ओखर राखी टीका लगाएर ओखर समेत फुटाई नेपाल जस्तै भाईटीका मनाएका छन् ।

दिदीबहिनीहरुले दाजुभाइको यश र ऐश्वर्य ,दीर्घायु कामना समेत गरेका छन् । अमेरिकामा नेपाल जस्तै प्रसस्त फूलहरु पाइने हुनाले मखमली फूल तथा सयपत्री फूल तथा अन्य फूलमाला आफ्ना दाजुभाईलाई लगाई भाइ टीका मनाएका छन् ।

अधिकांशको घरमा सेल रोटीको साथै आफ्ना दिदिबहिनीलाई दक्षिणा समेत दिएका छन् । यसको साथै लक्ष्मीपूजा देखि नै देउसी भैलो,तास तथा कौडा समेत खेली यस वर्षको सम्पूर्ण चाड पर्वलाई बिदा गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment