Comments Add Comment

गृहमा मोहनकृष्ण सापकोटा र अर्थमा शंकर अधिकारीको सरुवा

६ कात्तिक, काठमाडौं । गृह सचिवमा मोहनकृष्ण सापकोटाको सरुवा भएको छ । अर्थमा भने शंकर अधिकारी गएका छन् ।

मन्त्रिपरिषद्को सोमबारको बैठकले लोकदर्शन रेग्मीलाई मुख्य सचिव नियुक्त गर्दै सचिवहरूको सरुवा गरेको हो ।

रेग्मी मुख्य सचिव भएपछि रिक्त बनेको गृह सचिवमा सापकोटा आएका छन् । उनी सामान्य प्रशासनमा थिए ।

मुख्य सचिवको दौडमा एक नम्बर बरियतामा रहेका शंकर अधिकारीलाई अर्थ मन्त्रालयको सचिवमा सरुवा गरिएको छ । सामान्य प्रशासन सचिवमा रेश्मीराज पाण्डेको सरुवा भएको छ ।

यस्तै लोकसेवा आयोगमा ङइन्द्र प्रसाद उपाध्यायको र लोकसेवा आयोगका मधुप्रसाद रेग्मीलार्इ शिक्षा मन्त्रालयमा सरूवा गरिएको छ । यस्तै युवकध्वज जिसीलाई वन र प्रकाश माथेमालाई पशुपंक्षी मन्त्रालयको सचिवमा पदस्थापन गरिएको छ ।

शिक्षा सचिव शेषनाथ अधिकारी र भूकम्प पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत डा. गोविन्द पोखरेलको राजीनामा मन्त्रिपरिषद बैठकले स्वीकृत गरिएको छ । त्यसैगरी विष्णु ओम बाँडेलाई सहसचिवबाट सचिवमा बढुवा गरिएको छ ।

गृह सचिव भएका सापकोटा र अर्थमा आएका अधिकारी प्रधानमन्त्री पत्नी आरजु राणा देउवा निकटस्थ मानिन्छन् । सरकारका एक मन्त्रीले मुख्य सचिव र सचिवहरुको सरुवामा आरजु हावी भएको गुनासो गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment