६ कात्तिक, काठमाडौं । एनआइसी एशिया बैंकको स्वीफ्ट प्रणालीमा ह्याक भएको खबरले सेयर बजारमा पनि असर परेको छ ।
बैंकबाट ह्याक गरेर विदेशी ६ बैंकमा रकम स्थानान्तरण भएको खबरहरु आएपछि यसको प्रभाव बजारमा पनि देखिएको हो । राष्ट्र बैंकले रकमान्तर भएको रकम फिर्ता हुन थालेको बताएको छ यद्यपी कति रकम विदेशी बैंकमा सारिएको थियो भन्ने जानकारी दिइएको छैन् ।
बजारमा कारोबारको पहिलो सत्रमा करिब ४ अंकले वृद्धि भएको नेप्से बजार बन्द हुँदा १५६८ विन्दुमा आइपुगेको छ । घटेर १५६४ विन्दुसम्म आइपुगेको भएपनि नेपाल टेलिकमको मूल्य ‘बढाइएपछि’ नेप्सेमा वृद्धि भएको हो । कम्पनीको कारोबार पनि सबैभन्दा धेरै अर्थात ३ करोड ३० लाख बराबरको भएको छ ।
यस दिन बजारमा कुल ४० करोड रुपैयाँको कारोबार भएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4