Comments Add Comment

क्यान्सरका १८ लक्षणः पेट फुल्नेदेखि अन्डकोष सुन्निनेसम्म

क्यान्सर भन्नसाथ हामी ठान्छौ, उपचार नहुने रोग । वा प्राणघातक । तर, यो त्यसबेला मात्र घातक हुन्छ, जब यसको लक्षणलाई बेवास्ता गरिन्छ । र, त्यसले जटिल अवस्थामा प्रवेश गर्छ ।

क्यान्सरको उपचार संभव छ । यदि सुरुवाती चरणमै त्यसको लक्षण फेला पर्‍यो भने उपचार गर्न सकिन्छ । हामीकहाँ त्यस्ता थुप्रै उदाहरण पनि छ, जसले क्यान्सरको सफलतापूर्वक उपचार गराए । यसका लक्षणहरु थाहा पाएपछि तुरुन्तै उपचार गराउनुपर्छ, क्यान्सरबाट बच्न सकिन्छ । अत यहाँ क्यान्सरका लक्षणबारे जानकारी गराइएको छ ।

स्तनमा परिवर्तन

स्तन क्यान्सरले धेरैको ज्यान लिने गरेको छ । अचम्म त के भने, महिला मात्रै होइन, पुरुष पनि यसको चपेटामा पर्छन् ।

यसका धेरै लक्षण हुन्छन् । जस्तै स्तनमा गाँठो, निप्पलको रंगमा परिवर्तन, निप्पल चिलाउने, रेशा, निप्पलभित्र मोडिनु । तर, यो कुरालाई पनि ध्यानमा राख्नुपर्छ कि यिनीहरु स्तन क्यान्सरका पक्का प्रमाण होइनन् । कहिलेकाहीँ हार्मोनको परिवर्तनले वा स्वास्थ्यसम्वन्धि अन्य कारणले पनि यस्तो हुन सक्छ । त्यसैले डाक्टरको परामर्श लिनु राम्रो हुन्छ ।

मूत्र वा मलबाट रगत निस्किनु

पिसाब वा दिसा गर्दा रगत निस्कियो भने तुरुन्त अस्पताल गएर चेकअप गराइहाल्नुपर्छ । किनकी यो किड्नी वा पिसाबको थैलीमा क्यान्सरको संकेत पनि हुन सक्छ । यसका अलावा पाचन वा शौच सम्वन्धी बानीमा स्थायी परिवर्तन आउनु । जस्तै लामो समयसम्म कब्जियत, डायरिया वा अधिक दिसा हुनु कोलोन क्यान्सरको लक्षण हुन सक्छ ।

अचानक तौल घट्नु

खास अरु कारण बिना नै अचानक धेरै तौल कम भयो भने यो चिन्ताको बिषय हुनसक्छ । यसको अन्य कारण पनि हुन सक्छ, तर अन्नाशय, फोक्सोका वा पेटको क्यान्सरको सम्भावनालाई पनि नकार्न सकिँदैन ।

मुखमा कत्ला आउनु

सामान्यतया दुई हप्तामा कुनै पनि कत्ला ठिक हुन्छ । तर, योभन्दा बढि समय लाग्यो भने चिन्ताको विषय हो । यसको अलावा आवाजमा परिवर्तन, निल्नमा समस्या, मुखभित्र सेतो वा रातो रंगको निसान देखिनु मुखको क्यान्सरको सुरुवाती लक्षण हुन सक्छ ।

ज्वरो

लामो समयसम्म ज्वरो ठिक भएन भने ब्लड क्यान्सरको सुरुवाती लक्षण हुन सक्छ । त्यसो त क्यान्सरबाट पिडित सबैजसो बिरामीलाई ज्वरो आउँछ । यो प्रतिरक्षा प्रणाली कमजोर भएको कारणले गर्दा हो ।

रुँघा

एक महिनाभन्दा लामो समयसम्म लगातार खोकि लाग्यो, खोक्दा रगत आयो, सास फेर्न असुविधा भयो भने पनि क्यान्सरको लक्षण हुन सक्छ । यस्तो अवस्थामा तुरुन्त डाक्टरलाई भेट्नु उचित हुन्छ ।

दुखाई

दुखाईका कैयन कारण हुन सक्छन् । तर बिना कुनै कारण एक महिना वा सोभन्दा बढि समयसम्म दुखाई जारी रह्यो भने यो हड्डी, ब्रेन वा अन्य क्यान्सरको संकेत हुन सक्छ । यसैगरी लगातारको टाउको दुखाइ ब्रेन टय्ूमरको लक्षण हुन्छ । जबकि कोलोन, रेक्टम वा ओवरीमा क्यान्सरका कारण पिठ्यूमा दुखाई हुन्छ । लंग क्यान्सरबाट पिडित केही रोगीमा छातिमा दुखाई हुन्छ । यो सबै क्यान्सर फैलिँदाको पीडा हो ।

थकान

दिनभरको भागदौड र तनावबाट थकान महसुस हुनु सामान्य कुरा हो । तर, बिना कुनै मिहनेत र सही खानपिनका बाबजुद पनि थकाईको महसुस हुन्छ भने ब्लड क्यान्सरको लक्षण हुन सक्छ । यसका अलावा कोलोन वा पेटको क्यान्सर भएमा पनि रगतको कमि हुन्छ र अत्यधिक थकानको महसुस हुन्छ ।

रक्तश्राव

मासिक धर्मका अलावा अचानक ब्लिडिङ हुनु कार्विनल क्यान्सरको संकेत हुन सक्छ । यसका अलावा रेक्टम अर्थात् मलद्वारबाट रक्तश्राव -जो कालो दिशाका रुपमा देखिन्छ) कोलोन क्यान्सरको लक्षण हुन सक्छ । यस्तो कुनै किसिमको समस्या छ भने तुरुन्त जाँच गराउनुपर्छ । मासिक धर्मका दौरान पनि सामान्यभन्दा अत्यधिक रक्तश्राव भयो भने चिन्ताको विषय हुन्छ ।

पेट फुल्नु

पेट फुल्नु एउटा सामान्य समस्या हो । खासगरी महिलाहरुमा । यो अक्सर अपच, प्रीमेन्सुरल सिन्ड्रोम वा प्रेग्नेन्सी इत्यादीको कारण हुन्छ । तर, यदि लगातार दुई हप्ताभन्दा बढि समयसम्म पेट फुलिरह्यो र ब्लिडिङ तथा वेट लस पनि भयो भने चिन्ताको विषय हुन्छ । यो ओवेरियन क्यान्सरको संकेत हुन सक्छ ।

अन्डकोषमा बदलाव

पुरुषको अन्डकोषमा गाँठो, सुन्निएको, दुखाई वा कुनै प्रकारको अन्य बदलाव वा समस्या आयो भने तुरुन्तै डाक्टरकहाँ जानुपर्छ । किनभने टेस्टिकुलर क्यान्सर अहिले धेरै दु्रत गतिमा फैलिइरहेको छ । डाक्टरका अनुसार १५ देखि ५५ वर्षसम्म उमेरका पुरुषले १-२ महिनामा यसको जाँच गराइरहनु पर्छ ।

पिसाब फेर्न समस्या

बढ्दो उमेरसँगै प्रोस्टेट ग्ल्यान्ड बढ्छ । यसको कारण पिसाब फेनर्ृ समस्या, लगातार पिसाब आउनुजस्ता समस्या उत्पन्न हुन्छन् । तर, यो प्रोस्टेट क्यान्सरको सुरुवाती संकेत पनि हुन सक्छ ।

निल्नमा समस्या

कहिलेकाहीँ गला सुक्दा वा सुन्निदा खाना खान र पानी पिउन समस्या हुन्छ । सामान्यतया गलामा इन्फेक्सनको कारणले यस्तो हुन्छ । तर कहिलेकाहीँ यो मुख वा गलाको क्यान्सरको कारणले पनि हुन सक्छ । यदि लामो समयसम्म खाना वा पेयपदार्थ निल्न समस्या पर्‍यो भने डाक्टरलाई भेटिहाल्नुस ।

मुसा वा कोठीमा परिवर्तन

कोठी, मुसा आदीको रंग वा आकारमा अचानक परिवर्तन आउनु स्किन क्यान्सरको सूचक हुन सक्छ । यसैगरी छाला कालो वा पहेँलो हुनु, चिलाउनु वा एकदमै छिटो कपाल बढ्नु पनि क्यान्सरको लक्षण हुन सक्छ ।

भोक नलाग्नु

यो ओवरियन क्यान्सरको लक्षण हुन सक्छ । यदि धेरै समयसम्म केही नखाँदा पनि भोक लागेन र पेट हमेशा भरिएको महसुस भइरह्यो भने यो ओवेरियन क्यान्सरको सुरुवाति लक्षण हुन सक्छ ।

नङमा परिवर्तन

अचानक नङमा देखिने परिवर्तन विभिन्न प्रकारका क्यान्सरको संकेत हुन सक्छ । नङमा कालो वा खैरो धब्बाले स्किन क्यान्सरलाई संकेत गर्छ । यसै प्रकारले नङको अन्तिम सिरा ठूलो हुनुले लंग क्यान्सरलाई संकेत गर्छ । सेतो वा पहेँलो नङले पनि लंग क्यान्सरकै खतरा देखाउँछ ।

अनुहार सुन्निने

फोक्सोको क्यान्सरबाट पिडित केही रोगीहरु अनुहार सुन्निएको वा रातो भएको सिकायत गर्छन् । यो यसकारण हुन्छ कि फोक्सोको ट्यूमरका साना सेल्सले छातिका रक्त धमनिहरुलाई ब्लक गरिदिन्छन् जसका कारण अनुहार वा शिरसम्म रक्तप्रवाहमा वाधा आउँछ ।

मुखभित्र वा जिभ्रोमा सेतो दाग

मुखको क्यान्सरको सुरुवाती लक्षण यस्तो हुन्छ । यो धुम्रपान वा सुर्तिको सेवनले गर्दा हुने हो । यस्ता व्यक्तिहरु मुखको क्यान्सरको जोखिममा हुन्छन् । यसैले मुखभित्र यसप्रकारको बदलाव आयो भने तुरुन्त डाक्टरलाई भेट्नुपर्छ ।

अन्य संकेत

माथि उल्लेख गरिएका लक्षणहरुका अलावा पनि यदि तपाईं आफ्नो शरीरमा कुनै पनि प्रकारका असामान्य बदलाव महसुस गर्नुभएको छ र त्यो लामो समय कायम रह्यो भने डाक्टरलाई जाँच हाल्नुपर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment