Comments Add Comment

दार्चुलामा महिला उम्मेदवार शून्य

७ कात्तिक, दार्चुला । आगामी मसिंर १० गते पहिलो चरणमा हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनका लागि दार्चुलाबाट महिला उम्मेदवारी परेको छैन ।

आइतबार मनोनयन दर्ता गराएका बिभिन्न राजनीतिक दल तथा स्वतन्त्र उम्मेदवारहरुमध्ये एक जना समेत महिला उम्मेदवारी नपरेको मुख्य निर्वाचन अधिकृत एवं जिल्ला न्यायधीश राजेन्द्र नेपालले जानकारी दिए ।

एक तिहाई महिला सहभागिता गराउनु पर्ने भएपनि देशभरी नै महिला उम्मेदवारी न्यून परेको जिल्ला निर्वाचन अधिकारी तुल्सीराम पाण्डेले जानकारी दिए ।

प्रतिनिधिसभाको लागि एउटा मात्रै निर्वाचन क्षेत्र निर्धारण गरिएको दार्चुला जिल्लामा प्रतिनिधिसभाको लागि एउटा सिट हुनेछ ।

त्यस्तै प्रदेशसभाका लागि दार्चुलामा २ वटा निर्वाचन क्षेत्र निर्धारण गरिएको छ । प्रदेशसभा अन्तरगत २ सिटका लागि दार्चुलाबाट १० जनाको उम्मेदवारी परेको छ भने प्रतिनिधिसभा अन्तर्गत १ सिटका लागि ५ जनाको उम्मेदवारी परेको छ ।

समग्रमा ३ सिटका लागि दलहरु तथा स्वतन्त्र उम्मेदवार गरी जम्मा १५ जनाले उम्मेदवारी दर्ता गराएका छन् ।

कांग्रेस र नयाँ शक्तिले छुट्टाछुट्टै उम्मेदवारी दर्ता

विभिन्न जिल्लामा नेपाली कांग्रेस र नयाँ शक्ति पार्टीबीच चुनावी तालमेल भएपनि दार्चुलामा भने दुवै दलले छुट्टाछुट्टै उम्मेदवारी दर्ता गराएका छन् ।

आइतबार पहिलो नम्बरमा नयाँ शक्ति पार्टीले प्रतिनिधि र प्रदेशसभाका लागि उम्मेदवारी दर्ता गराएको थियो ।

मनोनयन दर्ता छुट्टाछुट्टै गराए पनि चुनावी अभियानमा सम्पूर्ण लोकतान्त्रिक दलहरु एक भएर जाने कांग्रेस सचिव हरकसिँह विष्टले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment