Comments Add Comment

प्रत्येक महिना सय रुपैयाँले बढ्दै नेपाल टेलिकमको सेयर, किन आकर्षण ?


७ कात्तिक, काठमाडौं । पछिल्लो दुई महिनामा नेपाल टेलिकमको सेयर मूल्य प्रत्येक महिना लगभग एक सयको दरमा वृद्धि भएको छ । बजार घटिरहदा कतिपयले नेपाल टेलिकमको सेयर बढाएर पनि बजारको वृद्धि कायम गर्ने प्रयासहरु पनि गरिरहेका छन् ।

यद्यपी कम्पनीको सेयर कारोबारमा पनि पछिल्लो दिनमा वृद्धि भएको छ । पहिले दैनिक १०/१२ लाख रुपैयाँको सेयर कारोबार हुने गरेकोमा कम्पनीको दुई साता यता करोड माथिको कारोबार भइरहेको छ । मंगलवार पनि कम्पनीको ९ करोड रुपैयाँको सेयर कारोबार भएको छ ।

मंगलवार नेपाल टेलिकमको सेयर मूल्य ४५ रुपैयाँले बढेर ८ सय ६५ रुपैयाँ पुगेको छ । यसअघि अवमूल्यन भएको भनिएको कम्पनीको सेयर मूल्य हालैका दिनहरुमा उच्च दरमा वृद्धि भएको छ ।

बजारमा कम्पनीमा रणनीतिक साझेदार भित्रने खबरहरु आएपछि पनि कारोबारमा वृद्धि आएको हो । कम्पनीले रणनीतिक साझेदार ल्याउन नियुक्त गरेको परामर्शदाताले पहिलो चरणको कारण सम्पन्न गर्दैछ । कम्पनीले पहिलो चरणमा आशय पत्र तयार गर्ने क्रममा रहेको छ । यसको लागि कम्पनीले ड्यु डेलिजेन्स रिपोर्ट तयार पार्ने काम गरिरहेको छ । कम्पनीले यसको लागि ५२ साताको अवधि पाएकोले आगामी केही महिनामा पहिलो चरणको काम बुझाउने सम्भावना रहेको नेपाल टेलिकमकी प्रवक्ता प्रतिभा बैधले बताइन ।

‘केही समय लाग्छ यसमा । ड्यु डेलिजेन्स रिपोर्ट आउन बाँकी रहेको छ, त्यसले गर्ने सेयरको मूल्यांकनमा यसमा सरकारको पनि समर्थन आवश्यक पर्छ,’ बैधले भनिन । नेपाल टेलिकममा सरका ९२ प्रतिशत सेयर स्वामित्व रहेको छ । कम्पनीले गत वर्षको पुषमा परामर्शदाता नियुक्त गरेको थियो ।

सबै प्रक्रिया सम्पन्न गर्न भने अझै केही महिना भने लाग्ने देखिएको छ ।  मंगलवार नेप्से परिसूचक भने ०.६६ अंकले घटेर १५६७ मा सिमित भएको छ । यसदिन ४६ करोड रुपैयाँको सेयर कारोबार भएको छ । यसदिन बिमा, उत्पादनमुलक र ‘अन्य’ समूहको परिसूचकमात्र बढेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment