Comments Add Comment

भृकुटीमण्डपमा ‘शिखर शुज क्रेजि मेला’


७ कात्तिक, काठमाडौं । २० वर्षअघि स्थापित कम्पनी शिखर शुले ‘शिखर क्रेजि मेला’ आयोजना भृकुटीमण्डपमा आयोजना गरेको छ । कांग्रेस नेता गगन थापा र उद्योग वाणिज्य महासंघका उपाध्यक्ष चन्द्रप्रसाद ढकालको उपपस्थितिमा सुरु भएको हो ।

मेलामा हरेक शिखर जुत्ताको खरिदमा १० देखि ७० प्रतिशतसम्मको छुट पाइनेछ । यो मेला करिब २० दिनसम्म लाग्ने कम्पनीका प्रबन्ध निर्देशक रामकृष्ण प्रसाईले बताए ।

कम्पनीले हाल चप्पल, जुत्ता, सुरक्षा बुट, साधारण बुट, बच्चाको एवम जाडोयामको लागि न्यानो कपडाको जुत्ता लगायतका करिब चार सय डिजाइनका जुत्ता चप्पल उत्पादन गर्दै आएको छ ।

उद्योगमा अहिले ७ सयभन्दा बढीले रोजगारी पाइरहेका छन् । ग्राहकको हितलाई ध्यानमा राखी कम्पनीले आˆना हरेक उत्पादनमा ६ महिनाको वारेण्टी समेत दिदै आएको छ ।

कम्पनीले जुत्ता उत्पादनका लागि आवश्यक कच्चापदार्थ भारत, थाइल्याण्ड, मलेसिया र चीनबाट आयात गर्दै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment