+
+
Shares

नेपाल इन्भेष्टमेन्टको लाभांश पारित, चार सञ्चालक निर्वाचित

अनलाइनखबर अनलाइनखबर
२०७४ कात्तिक ७ गते १७:४८


७ कात्तिक, काठमाडौं । नेपाल इन्भेष्टमेण्ट बैंकको ३१ औं साधारण सभाले १५ प्रतिशत बोनस सेयर र २५ प्रतिशत नगद लाभांश प्रस्ताव पारित गरेको छ ।

यससँगै बैंकको चुक्ता पूँजी १० अर्ब ६२ करोड रुपैयाँ पुगेको छ । बैंकको साधारण सभामा संस्थापकका तर्फबाट कविकुमार टिवरेवाला, प्रजन्य राजभण्डारी, सूर्य प्रकाशलाल श्रेष्ठ र पृथ्वीबहादुर पाँडे निविरोध निर्वाचित भएका छन् ।

बैंकको सञ्चिति रकम पनि बढेर रु ८ अर्ब ८ करोड र सेयरधनी कोष रकम रु. १८ अर्ब ७० करोड पुगेको छ । चुत्तःा पूँजी जस्तै यस बंैकको सेयरधनी कोष पनि निजी क्षेत्रका बैंकहरुमध्ये कै सबैभन्दा उच्च रहेको छ ।

बैंकले आव २०७३ ७४ मा रू. ५ अर्ब २४ करोडको सञ्चालन मुनाफा कमाएको छ जुन अघिल्लो आवको भन्दा २६.७ प्रतिशतले बढी हो । त्यसै गरी खुद नाफा २२.१ प्रतिशतले बढेर रू.३ अर्ब ११ करोड पुगेको छ । बैंकको निक्षेप १५.७ प्रतिशतले बढेर रू. १ खर्ब २५ अर्ब पुगेको छ भने कर्जा लगानी २२.६ प्रतिशतले बढेर रू.१ खर्ब ६ अर्ब पुगेको छ । बैंकको खराब कर्जा रेसियो गत वर्षको ०.६८ प्रतिशतभन्दा बढेर ०.८३ प्रतिशत पुगेपनि आउँदा बर्षमा घटाएर अझ न्यूनतम् स्तरमा लैजाने बैंकको प्रयास जारी रहनेछ ।

बैंकिङ क्षेत्रलाई थप सक्षम तथा एकिकृत गर्नको निम्ति नेपाल राष्ट्र बैंकले लिएको मर्जर वा प्राप्तीको नितिलाई आत्मसाथ गर्दै नेपाल इन्भेष्टमेण्ट बैंक लि. ले एस डेभलपमेन्ट बैंक लि.लाई प्राप्ती गरी मिति २०७४ आषाढ २९ गतेबाट एकिकृत कारोबार सुरु गरेको छ । एस प्राप्तीपश्चात् बैंकको काठमाण्डौं उपत्यका भित्र २३ तथा उपत्यका बाहिर ३८ गरी जम्मा ६१ वटा शाखा कार्यालय, ३ वटा एक्सटेन्सन काउन्टर तथा ९९ वटा एटिएम पुगेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?