Comments Add Comment

छठको दोश्रो दिन, आज साँझबाट निरहार ब्रत सुरु हुँदै

८ कात्तिक, रौतहट । तराईवासीहरुको सबै भन्दा ठूलो र पवित्र पर्व छठ पूजाको तयारी रौतहटमा अन्तिम चरणमा पुगेको छ । एकदमै कडा धार्मिक नियमपूर्वक आस्था र विश्वासका साथ मनाईने चार दिवसीय यो पर्व हिजो बाट सुरु भएको हो ।

सूर्य उपासनाको यो महापर्व छठ पूजाको पहिलो दिन हिजो व्रतालुहरुले नुहाइ धुवाइ गरी शुद्ध भई पूजाका साम्रागी तयार गरेका थिए । स्थानीय भाषामा नहाय खाय भन्ने हिजोको दिन व्रत बस्ने महिलाहरु चोखो अरवा चामलको भात, चनाको दाल, फर्सी, लौकाको तरकारी खाएका थिए ।

दोश्रो दिन अर्थात आज बेलुका व्रतालुहरुले खरना मनाउने छन जसमा व्रतालुहरु निर्जल रही बेलुका माटोको चूल्होमा खिर र रोटी पकाई भगवान लाई चढाएर त्यही प्रसाद खाने गर्छन र त्यसछि ३६ घण्टा लामो निर्जल र निराहार भई व्रत सुरु हुन्छ ।

यस अवधिमा पानि समेत नखाई सूर्य भक्तिमा लीन भइ बस्छन । बिहीवार व्रतालुहरुले बेलुका अस्ताउदै गरेको सूर्यलाई अर्घ दिनेछन भने शुक्रवार बिहान संसार लाई जीवन दिने भगवान भाष्कर -सूर्य देव) लाई विधि पूर्वक अर्घ्य दिएपछि चार दिनको यो पर्व सकिने छ ।

समानता प्रतीक छठ

लोकआश्थाको यो पर्वलाई समानताको प्रतिकको रुपमा पनि लिने गरिएको छ । नदी तथा पोखरी किनारमा सामुहिक रुपमा छठ गरिरहदा धनी र गरिबबीचको भेदभाव अन्त्य भएको देखिन्छ ।

खास गरी उपेक्षित मानिने डुम समुदायले बनाएको बासको चोयाको सुपली, नाङ्गलो र डालाको प्रयोग गरिने यस पर्वले छुवाछुतको खाडललाई पनि पुर्ने काम गरेको छ भने समाजमा सबै मानिसको अस्थित्व हुन्छ भन्ने समेत स्वीकार गराएको छ ।

डुम समुदायलाई यति खेर आफूले बनाएको बासका सामग्री बेच्न भ्याइनभ्याईको अवस्था छ ।

छठ पर्व एक यस्तो पर्व पनि हो जसमा पुरोहित वा पुजारीको आवश्यकता नै पर्दैन । अन्य पर्वहरुमा पुजारी र पण्डितले विधिपूर्वक पूजा गराए पनि छठमा उनीहरुको प्रयोग हुँदैन । सामुहिक रुपमा बसेका व्रतालुहरुले पूर्ण विधिविधानले स्वंम नै भक्तिभावका साथ चार दिनको पूजा सम्पन्न गर्छन ।

अन्य चाडपर्वहरुमा देवी देवताको मूर्ति वा प्रतिमालाई पुजा गर्ने चलन रहे पनि छठ पर्वमा भने अस्ताउँदो र उदयमान सूर्यलाई प्रत्यक्ष हेेरेर नै व्रतालुहरुले अर्घ दिने गर्छन् । पृथ्वीलाई जीवन दिने सूर्यलाई नै भगवानका रुपमा पूजा गर्ने यो पर्वमा उदाउदो मात्रै होइन अस्ताउँदो सूर्यको समेत पूजा गर्ने गरिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment