Comments Add Comment

गुल्मीमा भीरबाट लडेर महिलाको मृत्यु

 

९ कात्तिक, गुल्मी । घाँस काट्ने क्रममा भीरबाट लडेर गुल्मीमा एक जनाको मृत्यु भएको छ ।

जिल्लाको इस्मागाउँपालिका वडा नम्बर ५ निवासी ४५ वर्षीया पम्फा परियारको मृत्यु जिल्ला प्रहरी कार्यालय गुल्मी प्रहरी उपरिक्षक अनुरागकुमार द्विवेदीले जानकारी दिए ।

परियार बिहीवार बिहान नजिकै इस्माकोटको भीरमा घाँस काट्न गएकी थिइन् । भीरबाट लड्ेर घाइते अबस्थामा स्थानीय स्वास्थ्य चौकीमा उपचारको लागि ल्याउने क्रममा बाटैमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

परियारको घरको आर्थिक अबस्था कम्जोर रहेकाले स्थानियले पैसा उठाएर शवलाई पोष्टमाडम गर्न जिल्ला अस्पताल गुल्मीमा पठाइएको स्थानीय समाजसेवी नारायण पैयानीले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment