Comments Add Comment

राजधानीका ४५ सिटमा यसरी भयो एमाले र माओवादी बाँडफाँट

नेता व्यवस्थापनको समस्याले ५ जिल्लाको विवाद शीर्ष तहमा पठाइयो

९ कात्तिक, काठमाडौं । नेकपा एमाले र माओवादी केन्द्रको संयुक्त कार्यदलले दोस्रो चरणमा चुनाव हुने अधिकांश निर्वाचन क्षेत्रको बाँडफाँड टुंगो लगाएको छ । टुंगिन बाँकी रहेका जिल्ला र क्षेत्रलाई विवादित मानेर शीर्ष नेता सम्मिलित पार्टी एकता संयोजन समितिमा पठाइएको छ ।

कार्यदलका सदस्य एमाले नेता शंकर पोखरेलका अनुसार धेरैजसो क्षेत्रको बाँडफाँट टुंगिएको छ । तर, शीर्ष नेताहरुबाट टुंगो लागेपछि मात्र बाहिर ल्याउने सहमति भएको छ ।

दाङ, अर्घाखाँची, सल्यान, झापा, उदयपुर लगायत केही जिल्लामा नेता व्यवस्थापनको समस्या भएको भन्दै विवादित मानेर पार्टी एकता संयोजन समितिमा पठाइएको स्रोतले जनाएको छ । ती जिल्लामा विशेषतः दुवै दलका नेता व्यवस्थापनको समस्या भएको छ ।

उपत्यकामा यसरी टुंगियो

कार्यदलका एक सदस्यका अनुसार उपत्यकाका प्रतिनिधिसभातर्फ १५ सिटमध्ये माओवादीले ४ सिट पाउने भएको छ । प्रदेशतर्फ ३० मध्ये ७ सिट पाउने गरि कार्यदलले टुंगो लगाएको छ । कुल मिलाएर उपत्यकाभित्र ४५ सिटमध्ये एमालेले ३४ र माओवादीले ११ सिट पाएका छन् ।

काठमाडौंमा माओवादीले क्षेत्र नम्बर ६, ८ र १० पाउने भएको छ । त्यस्तै प्रदेशतर्फ क्षेत्र नम्बर ३, ६ र १० मा दुई मध्ये एकएक सिट माओवादीले लिने सहमति भएको छ ।

काठमाडौंका अन्य ७ प्रतिनिधिसभा र १७ प्रदेशसभाका निर्वाचन क्षेत्रमा एमालेका उम्मेदवारलाई माओवादीले समर्थन गर्नेछ । भक्तपुरमा माओवादीले प्रदेशसभामा एक सिट पाउनेछ भने अन्य दुवै प्रतिनिधिसभा र ३ प्रदेशसभाका सिटमा एमालेलाई सघाउनेछ ।

ललितपुरको क्षेत्र नम्बर ३ माओवादीले पाउने भएको छ । प्रदेशसभातर्फ माओवादीले ललितपुरमा तीनै क्षेत्रबाट एकएक सिट पाउनेछ । एमालेले क्षेत्र नम्बर १ र २ प्रतिनिधिसभामा पाउनेछ भने प्रदेशमा तीनै क्षेत्रका एक एक सिट पाउने सहमति भएको छ ।

के हो नेता व्यवस्थापनको समस्या ?

दाङमा एमाले नेता शंकर पोखरेल र माओवादी नेता कृष्णवहादुर महरा दुवैले एउटै क्षेत्र नम्बर २ ताकेका कारण बाँडफाँट टुंगो लगाउने सकस भएको छ । अ य ो विषयमा सहमति खोज्ने जिम्मा केपी शर्मा ओली र प्रचण्डले पाएका छन् । घोराही उपमहानगरपालिका पूरै र तुलसीपुर उपमहानगरका केही वडा समेटिएको सो क्षेत्रमा दुवै नेताको दाबी छ ।

एमाले नेता पोखरेल सोही क्षेत्रका स्थायी बासिन्दा र जित्दा पनि र हार्द पनि सोही क्षेत्रबाट चुनाव लडेका कारण उनको दावी बलियो बनिरहेको छ । तर, २०६४ को संविधानसभा निर्वाचन बाहेक सबै चुनाव रोल्पाबाट लडेका महराले पनि सोही क्षेत्र दाबी गरेका कारण समस्या भएको छ ।

माओवादी निकट स्रोतका अनुसार महराले सकेसम्म २ मै खोज्ने र नमिलेका खण्डमा क्षेत्र नम्बर १ मा चुनाव लड्ने सोच आफू निकटका कार्यकर्तालाई सुनाएका छन् । दाङमा प्रतिनिधिसभाका ३ मध्ये २ एमाले र एक माओवाद्यीले पाउने र प्रदेशसभा बराबरी बाँड्ने तयारी छ ।

त्यस्तै सल्यानमा माओवादीले बिना बिभागीय मन्त्री टेकवहादुर बस्नेत र अखिल क्रान्तिकारीका अध्यक्ष रमेश मल्ललाई प्रदेशमा व्यवस्थापन गर्नुपर्ने बाध्यता सुनाएको छ । तर, एमालेले प्रतिनिधिसभा वा दुवै प्रदेशसभा रोज्न माओवादीलाई सुझाव दिएको छ ।

अर्घाखाँचीमा माओवादी नेता टोपवहादुर रायमाझीलाई प्रतिनिधिसभा छाड्न एमाले तयार भएको छ । तर, प्रदेशमा पनि एउटा मागेपछि विवाद भएको कार्यदलका एक सदस्यले बताए ।

उदयपुरमा माओवादीको नेता हिमाल किराँती र एमालेका नेताद्धय जगन्नाथ खतिवडा र मन्जु चौधरीको व्यवस्थापन पेचिलो बनेको छ । त्यस्तै झापामा पनि माओवादीले राम कार्कीको व्यवस्थापन गर्न खोजिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

फेरिएकी बर्षा

Advertisment