+
+
Shares

एमालेको एघारौं महाधिवेशन मंसिर अन्तिम साता हुने 

अनलाइनखबर अनलाइनखबर
२०८२ असोज २६ गते २१:१८

२६ असोज, काठमाडौं । नेकपा एमालेको एघारौं महाधिवेशन मंसिर अन्तिम साता हुने भएको छ ।

आइतबार बसेको केन्द्रीय सचिवालय बैठकले मंसिर अन्तिम साता महाधिवेशन गर्ने निर्णय गरेको उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिए ।

‘नेकपा एमालेको एघारौं महाधिवेशन मंसिरको अन्तिम साता आयोजना हुनेछ,’ उनले भने ।

स्थान र मितिको टुंगो भने केन्द्रीय कमिटी बैठकबाट हुने पनि उनले बताए ।

एमालेको केन्द्रीय कमिटी बैठक आगामी २९ गतेबाट हुँदैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?