Comments Add Comment

चितवनमा ट्रिपरको ठक्करबाट बस पल्टियो, २४ जना घाइते

ट्रिपरको ठक्करबाट पल्टिएको बस । तस्वीर: विनोदबाबु रिजाल

१२ कात्तिक, चितवन । भरतपुर महानगरपालिकाको आँपटारी जंगल नजिक ट्रिपरको ठक्करबाट यात्रुबाहक बस पल्टिँदा २४ जना घाइते भएका छन् । तीमध्ये २ जना गम्भीर रहेको प्रहरीले जनाएको छ ।

नारायणगढबाट गोरखातर्फ जाँदै गरेको ना ५ ख ८६९४ नम्बरको बसलाई विपरित दिशाबाट आउँदै गरेको बा ३ ख ९०१२ नम्वरको ट्रिपरले पानी ट्यांकी आरालो नजिक ठक्कर दिएको थियो ।

गम्भीर घाइते २ जनाको पुरानो मेडिकल कलेजमा र अन्यको भरतपुर अस्पताल, चितवन मेडिकल कलेज र भरतपुर मेडिकल कलेजमा उपचार भैरहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख सन्तोष पन्तले जानकारी दिए ।

बस चालक घाइते छन् । ट्रिपर चालक फरार छन् । उनको खोजी भइरहेको पन्तले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment