+
+
Shares

गुल्मीमा १३८ मतदानस्थल

अनिल खत्री अनिल खत्री
२०७४ कात्तिक १२ गते ११:३६

१२ कात्तिक, गुल्मी । आगामी मंसिर २१ मा हुने प्रदेशसभा र प्रतिनिधिसभा चुनावका लागि गुल्मीमा १३८ मतदान स्थल कायम गरिएको छ ।

गत स्थानीय तह निर्वाचनमा कायम भएका मतदान स्थललाई नै कायम गरिएको जिल्ला निर्वाचन अधिकृत गुल्मीका प्रमुख गणेशबहादुर खत्रीले जानकारी दिए ।

२ वटा निर्वाचन क्षेत्र रहेको गुल्मीमा जिल्ला भर २५१ मतदान केन्द्र रहने जिल्ला निर्वाचन कार्यालय गुल्मीले जनाएको छ ।

गत असारमा सम्पन्न स्थानीय तह निर्वाचनमा २४० वटा मतदान केन्द्र कायम थिए ।

मतदाता संख्याको आधारमा ११ वटा केन्द्र थप भएको जिल्ला निर्वाचन अधिकृत खत्रीले जानकारी दिए ।

यसैबीच निर्वाचन शिक्षा प्रभावकारी बनाउन जिल्लामा २५१ जना निर्वाचन शिक्षा कार्यकर्ता र मतदाता शिक्षा स्वयसेवकहरु सिफारिस गर्ने निर्वाचन कार्यालय गुल्मीले जनाएको छ ।

मतदाता शिक्षालाई प्रभावकारी बनाउन सञ्चार जगत, नागरिक समाज, राजनैतिक दलहरुले सहयोग गर्न आग्रह गर्ने भएको छ ।

कार्यक्रममा जिल्ला समन्वय समिति गुल्मीका अध्यक्ष लक्ष्मण पराजुली, जिल्ल्लाका प्रमुख जिल्ला अधिकारी गोपाल अर्यालले आगामी मंसिरमा हुने निर्वाचनलाई शान्तिपूर्ण भयरहित वातावरणमा सम्पन्न गर्न सबैपक्षले सहयोग गर्न आग्रह गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?