Comments Add Comment

अनमोलको ‘कृ’को छायांकन मात्र, रिलिज कहिले हुन्छ ?


नेपाली चलचित्र क्षेत्रका चर्चित नायक अनमोल केसीको ‘कृ’को प्रतिक्षा उनका फ्यानले गरेको एक बर्ष भन्दा बढी भैसकेको छ । भदौ ८ मा रिलिज हुने भनिएको चलचित्र फेरि सरेर कात्तिक २ गते पुगेको थियो । तर, यो चलचित्र कात्तिक २ गते पनि रिलिज हुन सकेन ।

उनै, अनमोलको यो चलचित्रको छायांकन करिब १ महिनाको ग्यापछि फेरि सुरु भएको छ । दशै भन्दा अगाडिबाट नै अवरुद्ध बनेको चलचित्रको छायांकन आइतबारबाट सुरु गरिएको छ । चलचित्रको छायांकन करिब २० दिन हुने यसको निर्माणपक्षले बताएको छ ।

यो चलचित्रका कारण अन्य धेरै चलचित्रले प्रदर्शन मिति तोक्न सकेका छैनन् । तर, यो चलचित्र भने अझै कुन मितिमा आउँछ टुंगो छैन । नायक अनमोल केसी करिब १ महिनाको ग्यापपछि छायांकनमा फर्किएका छन् । सुवास गिरी र भूवन केसीले मिलेर बनाएको चलचित्रलाई सुरेन्द्र पौडेलले निर्देशन गरिरहेका छन् ।

यसपटक यो चलचित्रमा नायक केसी चकलेटी र एङ्ग्री अवतारमा देखिएका छन् । अनमोलको लुक्सले पनि यसपटक यो चलचित्रलाई विशेष बनाइदिएको छ ।
चलचित्रमा अनमोल केसी, अदिती बुढाथोकी, सरोज खनाल, अनुपविक्रम शाही, कामेश्वर चौरासिया लगायतका कलाकारको मुख्य भूमिका छ ।

‘कृ’को छायांकन मात्र गर्ने कि रिलिजको तयारी पनि गर्ने हो ? निर्माणपक्षले यता पनि ध्यान दिन जरुरी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment