Comments Add Comment

बरुणलाई लागेन अक्षय र रजनीसँग डर ?


बलिउड नायक बरुण धवन अहिले सफलतामा रमाइरहेका छन् । खानपछि बलिउडमा उचाई बनाउने एक मात्र नायकको रुपमा बरुणलाई हेरिएको छ ।
बरुण अभिनित पछिल्लो चलचित्र ‘जुड्वा २’ले बक्स अफिसमा बम्पर व्यापार गरेपछि उनलाई लिएर चलचित्र बनाउन चाहनेहरुको संख्या ह्वात्तै बढेको छ । बरुणले पनि आफ्ना फ्यानहरुलाई नयाँ नयाँ चलचित्रबाट सरप्राइज दिइरहेका छन् ।

उनै, बरुणले आफू अभिनित चलचित्र ‘अक्टुबर’को बिषयमा आफ्ना फ्यानलाई नयाँ सरप्राइज दिएका छन् । बरुणले आफ्नो नयाँ चलचित्र ‘अक्टुबर’को प्रदर्शन मिति ट्विटरबाट सार्वजनिक गरेका छन् ।

सुजित सरकारको निर्देशनमा तयार भैरहेको यो चलचित्र आउँदो बर्षको अप्रिल १३ मा रिलिज हुने भएको छ । बरुणले, चलचित्रको प्रदर्शन मिति सार्वजनिक गर्दै यो चलचित्र पनि विशेष हुने बताएका छन् ।

यो मितिमा साउथका सुपरस्टार रजनीकान्त र नायक अक्षय कुमार अभिनित चलचित्र ‘२.०’ पनि रिलिज हुने बताइएको छ । तर, बरुणले भने यो मिति पक्का गरेका छन् । बलिउडमा, रजनी र बरुणको भिडन्त भयो भने के होला ?

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment