Comments Add Comment

बाराका म्यादी प्रहरीलाई आजदेखि तालिम

१४ कात्तिक, बारा । आगामी मंसिर १० र २१ गते हुने प्रतिनिधि र प्रदेश चुनावका लागी खुला गरिएको आवेदनबाट छनौटमा परेका म्यादी प्रहरीलाई मंगलबारदेखि तालिम सुरु गरेका छन् ।

कार्यक्रमको उदघाटन गर्दै बारा प्रहरी प्रमुख एसपी राजकुमार बैदवारले म्यादी प्रहरीहरुको काम कर्तव्य बारे संक्षेपमा जानकारी गराएका थिए ।

उनले कोही कसैको बहकाव तथा कुनै पनि किसिमको प्रलोभनमा नपरी आफूले पाएको जिम्मेवारी पूर्ण रुपमा इमान्दारीपूर्वक निर्वाह गर्न निर्देशनसमेत दिएका छन् ।

बारामा १३ हजार ५ सय ६८ जनाको म्यादीका लागि आवेदन परेको थियो जसमध्ये उतीर्ण १ हजार ९ सय ४० पुरुष र ६ सय ७ महिला गरी २ हजार ५ सय ४७ जनालाई जिल्ला प्रहरी कार्यालय बाराले आजदेखी निर्वाचन सम्बन्धी पाठ्यक्रमअनुसार आन्तरिक तथा बाह्य प्रशिक्षण सुरु गरेको हो ।

म्यादी प्रहरीहरुलाई जिल्ला प्रहरी कार्यालय तथा मातहत ईलाका प्रहरी कार्यालय सिमरा, नीजगढ, सिम्रौनगढ र कोल्हवी गरी ५ ठाउँमा एकै समयमा गरिने उनले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment