Comments Add Comment

जाडोमा सताउनसक्छ यी रोगले, यसरी घरमै गर्न सकिन्छ उपचार

सामान्य रुघाखोकी लाग्दा पनि हामी अस्पताल धाउँछौं ।  तर, यस्ता औषधी हाम्रै भान्सामा छ, जसले कतिपय रोग निदानमा प्रभावकारी भूमिका खेल्छ ।

जस्तो कि, मह र अदुवाको मिश्रण । यसले  श्वासप्रश्वास सम्वन्धि समस्याहरुलाई सजिलै हटाउँछ । यो मिश्रणले हाम्रो शरीरमा रगतको प्रवाह तथा हाम्रो प्रतिरोधक क्षमतालाई बढाउनुका साथसाथै क्यान्सरजस्तो डरलाग्दो रोगबाट पनि बचाउ गर्छ ।

मह र अदुवा दुवै छुट्टाछुट्टै पनि लाभकारी वस्तुहरु हुन् । यी दुवैलाई मिसाउँदा झन् सुनमा सुगन्ध मिसाएझैं हुन्छ । यी दुईलाई उपभोग गर्ने सबैभन्दा राम्रो तरिका भनेको एक चम्चा अदुवाको जुस र एक चम्चा महलाई राम्रोसँग घोलेर त्यसलाई पिउनु हो ।

यो जुसमा एन्टी इन्फ्लामेट्री र एन्टी अक्सीडेन्ट गुण हुन्छन् जसले गर्दा हामीलाई विभिन्न किसिमका फाइदा प्राप्त हुन्छन् । यहाँ हामी अदुवा र महको जून पिउँदा हुने फाइदाहरुको बारेमा चर्चा गर्दैछौं ।

१. दमका रोगीलाई राहत

यदि तपाईंमा दमको समस्या छ भने अदुवा र महका साथमा मरिच हालिएको जूस सेवन गर्नुस, जसले तपाईंलाई राहत मिल्नेछ । यस जूसमा एन्टी इन्फ्लामेट्री गुण हुने भइकाले यसले तपाईंको फोक्सोमा अक्सिजनको आपूर्तिलाई बढाइदिन्छ ।

२. श्वासप्रश्वासको समस्या न्यूनिकरण

अदुवा र महको मिश्रण एउटा असाध्यै राम्रो एक्सपेक्टोरेन्ट हुन्छ जसले रुघा, खोकी र श्वासप्रश्वाससँग जोडिएका समस्याहरुको समाधान गर्छ ।

३. उल्टी र वाकवाकी कम गर्छ

यदि तपाईंलाई उल्टी हुने वा वाकवाक लाग्ने समस्या भएको छ भने कत्ति पनि नहिच्किचाइकन अदुवा र महको मिश्रण प्रयोग गर्नुस, तुरुन्त आराम मिल्नेछ ।

४. क्यान्सरबाट बचाउ

अध्ययनले देखाएको छ कि अदुवा र महको मिश्रणले क्यान्सर रोगलाई पर राख्न सहयोग गर्छ । यो मिश्रणले एन्टी अक्सिडेन्ट इन्जाइमलाई प्रेरित गर्छ र क्यान्सर सेल्स बन्नबाट रोक्छ ।

५. पाचन प्रणाली ठिक राख्छ

अदुवा र महको मिश्रणले पाचन शक्ति बढाउन सहयोग गर्छ । एक चम्चा अदुवा र महको जूसले तपाईंको पेट सम्वन्धि समस्याहरुलाई ठीक गरिदिन्छ ।

६.हृदयरोगबाट बचाउँछ

यदि तपाईंले अदुवा र महले बनेको जूसको सेवन गर्नुभयो भने तपाईंलाई ब्लडप्रेसर, हार्ट अट्याक, स्ट्रोक जस्ता समस्याहरु आउँदैनन् ।

७. महिनावारीमा आराम

अध्ययनहरुबाट पत्ता लागेको छ कि मह र अदुवाको जुसले महिलाहरुलाई महिनावारीका क्रममा हुने पीडाबाट मुक्ति दिलाउँछ ।

८. माइग्रेनमा आराम

यस मिश्रणले टाउकोमा हुने दुखाईलाई पनि कम गर्छ । यदि कसैलाई माइग्रेनको समसया छ भने मह र अदुवाको जुस सेवन गरेर फाइदा लिन सक्छन् ।

९. स्ट्रोकमा राहत

यो जुसले रगतलाई जम्न दिँदैन । यसले गर्दा मस्तिष्कघातको सम्भावना कम हुन्छ । मेडिकल सोधकर्ताहरुका अनुसार यस मिश्रणमा रगतसम्वन्धि समस्याहरुलाई ठीक पार्ने सबै गुण विद्यमान हुन्छन् ।

१०. प्रतिरोधक क्षमतालाई बढाउँछ

अदुवा र महको मिश्रण मानव स्वास्थ्यका लागि हरतरहले उपयोगी हुन्छ । किनकी यसले शरीरको प्रतिरोधक क्षमतालाई बढाउँछ । यसले शरीरको श्वेत रक्तकणिकाहरु बन्ने प्रक्रियालाई बढाइदिन्छ जसबाट शरीरको रोग प्रतिरोधक क्षमता पनि बढ्छ ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment