Comments Add Comment

चितवनमा वाम गठवन्धनको चुनावी कमाण्डर अमिक

खनालको नेतृत्वमा पार्टी एकीकरण संयोजन समिति गठन

१६ कात्तिक, चितवन । नेकपा एमाले र नेकपा माओवादी केन्द्र चितवनको वाम गठवन्धनतर्फबाट चुनावी कमाण्डर अमिक शेरचनले गर्ने भएका छन् । दुवै पार्टीबीच भएको सहमति अनुसार शेरचनको नेतृत्वमा २५० सदस्य रहने निर्वाचन परिचालन समिति गठन गरिएको छ ।

शेरचनकै नेतृत्वमा चितवन क्षेत्र नं. ३ का उम्मेवार माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, चितवन क्षेत्र नं. २ का उम्मेदवार कृष्णभक्त पोखरेल र क्षेत्र नं. १ का एमाले उम्मेदवार सुरेन्द्र पाण्डेको चुनावी रथ हाँकिने छ । सो समितिको उपसंयोजकमा एमालेका जिल्ला इञ्चार्ज कृष्ण खनाल, देवी ज्ञवाली, नारायण दाहाल र सूर्य सुवेदी रहनेछन् ।

दुवै पार्टीका गरी १२५ जनाका दरले सदस्य रहने गरी ३५ सदस्यीय सचिवालय समितिसमेत गठन गरिएको छ । समितिले ३ दिनभित्र नै क्षेत्र, प्रदेश र वडास्तरमा संयुक्त निर्वाचन परिचालन कमिटी गठन गर्ने जनाएको छ ।

क्षेत्र र प्रदेशका संयोजक जुन पार्टीको उम्मेदवार हो सोही पार्टीले गर्ने र उपसंयोजक अर्को पार्टीको नेताले गर्ने तयारी भएको संयोजक शेरचनले जानकारी दिए । वडास्तरमा दुवै पार्टीका अध्यक्ष वा इञ्चार्ज संयोजक रहने गरी वडास्तरीय निर्वाचन परिचालन कमिटी गठन गर्ने तयारी समितिको छ ।

खनालको नेतृत्वमा एकीकरण संयोजन समिति गठन

केन्द्रीयस्तरमा भएको पार्टी एकीकरण संयोजन समिति जस्तै जिल्लामा पनि दुवै पार्टीले एमाले नेता कृष्ण खनालको नेतृत्वमा पार्टी एकता संयोजन समिति गठन गरेका छन् ।

७ सदस्यीय समितिमा एमालेबाट ४ र माओवादीबाट ३ जना सदस्य छन् । समितिमा माओवादी जिल्ला इञ्चार्ज इश्वरी भट्टराई, कृष्णभक्त पोखरेल, तेजेन्द्रबहादुर खड्का, पार्वती रावल, ज्ञानु बस्नेत र घनश्याम दाहाल सदस्य छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment