+
+
Shares

‘सत्रु गते’मा दीपा र हरिवंशको यस्तो गेटअप

अनलाइनखबर अनलाइनखबर
२०७४ कात्तिक १६ गते १०:४४


विरगञ्जमा केही दिन अगाडिदेखि मात्र छायांकन सुरु भएको चलचित्र ‘सत्रु गते’मा कलाकारद्धय हरिवंश आचार्य र दीपाश्री निरौलाले जोडी वाधेका छन् । प्रदिप भट्टराइको निर्देशनमा तयार भैरहेको यो चलचित्रको सेटबाट दीपा र हरिवंशको गेटअप बाहिरिएको छ ।

डार्क कमेडी जनरामा निर्माण भैरहेको चलचित्रमा दीपकराज गिरी, प्रियंका कार्की, शिवहरि पौडेल, पल शाह, आँचल शर्मा लगायतका कलाकारको पनि मुख्य भूमिका छ ।
चलचित्रलाई मह संचारले प्रस्तुत गरेको हो भने किरण केसीले यसमा लगानी गरिरहेका छन् । १२ बर्ष चलचित्र निर्माणमा मह जोडी फर्किएका हुन् । यसैले पनि चैत्र ९ गतेबाट रिलिज हुन लागेको चलचित्रलाई लिएर दर्शकमा कौतुहलता बढेको छ ।

चलचित्रकी मुख्य कलाकार दीपाश्री निरौला गाउँले भूमिकामा देखिएकी छिन् । विरगञ्जको छायांकनपछि बाँकी चलचित्र काठमाण्डौमा खिचिनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?