+
+

वाम गठवन्धनबाट आत्तिएर कांग्रेसले विदेशी गुहार्‍योः भट्टराई

रविन भट्टराई रविन भट्टराई
२०७४ कात्तिक १६ गते ११:०८

१६ कात्तिक, ताप्लेजुङ । नेकपा एमालेका सचिव योगेश भट्टराईले वाम गठवन्धनबाट आत्तिएर नेपाली कांग्रेसले दक्षिणपन्थी अधिनायकवाद लादन खोजेको आरोप लगाएका छन् ।

प्रेस चौतारी नेपालले बिहीबार विहान ताप्लेजुङमा आयोजना गरेको पत्रकार सम्मेलनमा एमाले प्रचार विभाग प्रमुख समेत रहेका सचिव भट्टराईले नेपालमा वाम एकता भएपछि कांग्रेसले आत्तिएर विदेशीलाई गुहारेको बताए ।

अहिलेको आवश्यकता र देशलाई विकासको गतिमा लैजान वाम एकता गरे पनि त्यसलाई गलत अर्थ लगाउँदै कांग्रेस लगायतका केहि शक्तिहरुले भारत, अमेरिका लगायतमा देशमा प्रचार गरी नेपालमा दक्षिणपन्थी अधिनायकवादलाई पुनः भित्राउन खोजेको दावी गरे । तर जस्तो प्रचार गरे पनि ती देशहरुले नेपालका कम्युनिस्ट पार्टीलाई राम्ररी बुझेकाले वाम गठबन्धनलाई कुनै असर नपर्ने भट्टराईको भनाई छ ।

वाम गठवन्धनलाई टुटाउन अनेकौं प्रयत्न भइरहेको भन्दै उनले चुनावी तालमेल मात्रै नभई पार्टी एकीकरणको बाटोमा अघि बढिसकेकाले पुनः पछि नफर्कनेमा विस्वस्थ रहन समेत उनले मतदाताई आग्रह गरे ।

प्रदेशसभा र प्रतिनिधिसभाको चुनावमा वाम गठवन्धनले दुई तिहाइ बहुमत ल्याएर सरकार बनाउने घोषणा गर्दै उनले चुनावमा लडाएर नभई दौडिएर जित्ने दावी समेत गरे ।

वाम गठबन्धन कुनै राजनीतिक दललाई आरोप प्रत्यारोपमा नलागि चुनावमा होमिएको बताउँदै उनले कांग्रेसले घोषणा पत्रदेखि प्रत्येक कार्यक्रममा वाम गठबन्धनको आलोचना गरे पनि त्यसको असर कांग्रेसले नै चुकाउनुपर्नेमा सचेत रहन चेतावनीसमेत दिए ।

भट्टराईले आगामी मंसिर १० गते हुने प्रतिनिधिसभा निर्वाचनमा ताप्लेजुङमा वाम गठबन्धनबाट उम्मेदवारी दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?