Comments Add Comment

आर्यनको रोमान्स, ‘प्रियंकादेखि श्रृष्टीसम्म’


गतबर्ष बैशाखमा रिलिज भएको चलचित्र ‘के म तिम्रो होइन र’बाट नायक आर्यन अधिकारी चलचित्र क्षेत्रमा उदाए । यो चलचित्रले बक्स अफिसमा औषत व्यापार गरेपनि आर्यनको लुक्स, सिक्स प्याक शरीरले धेरै चर्चा पायो । आर्यनले अभिनयसँगै एक्सनमा पनि संभावना देखाएको चर्चा भयो ।

२ बर्षको अन्तरालमा आर्यन चलचित्र क्षेत्रमा गजबैले जमेका छन् । डेब्यू चलचित्रपछि उनको कुनै पनि चलचित्र रिलिज भएका छैनन् । तर, उनको हातमा चलचित्रको अभाव नै छैन ।

पहिलो चलचित्रमा नायिका मरिष्का पोख्रेलसँग रोमान्स गरेका आर्यनले यसपछि चर्चित नायिकाहरुसँग पर्दा शेयर गरिरहेका छन् । अब, उनी नायिका श्रृष्टी श्रेष्ठसँग एक लभ स्टोरी चलचित्रमा काम गर्दैछन् । सविर श्रेष्ठले निर्देशन गर्न लागेको लभ स्टोरी चलचित्रमा आर्यनको जोडीको रुपमा पूर्व मिस नेपाल तथा नायिका श्रृष्टी श्रेष्ठ देखिदैछिन् । निर्देशक र नायिका दुबैले यो कुरा पुष्टी गरिसकेका छन् ।

चलचित्रको वर्किङ टाइटल ‘सँगसँगै’ राखिएको छ । चलचित्रको कात्तिकको अन्तिम साताबाट छायांकन गर्ने योजना निर्देशक श्रेष्ठको छ । आर्यनले दोश्रो चलचित्र ‘बटरफ्लाइ’मा नायिका प्रियंका कार्कीसँग रोमान्स गरे । यो चलचित्र पौष महिनामा रिलिज हुने तयारीमा छ । यस्तै, उनले चलचित्र ‘करोडपति’मा नायिका नीता ढुंगानासँग रोमान्स गरेका छन् । यस्तै, चलचित्र ‘जस्मिन’मा आर्यनको जोडीको रुपमा नायिका अशिष्मा नकर्मी देखिदैछिन् ।

आर्यनले छोटो समयमा नै ५ जना नायिकासँग काम गरिसकेका छन् । मरिष्कासँग आर्यनको जोडी रुचाइएको थियो । अब, हेरौ अन्य चर्चित नायिकाहरुमध्ये आर्यनको जोडी कोसँग बढी जम्ने हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment