Comments Add Comment

सगुनको मिनी आईपीओः कसरी गर्ने लगानी ?


१६ कात्तिक, काठठमाडौं । एउटा अध्ययनले भन्छ-२०१०मा ट्याक्सी सेवाको विश्व महारथी ‘उबर’मा कुनै सर्वसाधारणले १०० डलर लगानी गरेको रहेछ भने उसको अहिले सेयर मूल्य १ मिलियन भएको छ ।

हो, स्टार्ट-अप कम्पनीको आईपीओमा लगानी गर्न पाउनु आफैंमा निकै ठूलो अवसर भएको कम्पनी बताउँछ । अहिले, त्यस्तै सम्भाब्यता बोकेर विश्व परिवेशमा अघि बढिरहेको सगुन इंकले नेपालीलार्इ लगानीका अवसर दिएको छ ।

अहिले विश्वरभरबाट सामाजिक सञ्जाल सगुनको मिनी आईपीओमा नेपालीहरुले लगानी गरिरहेका छन् । तर, आउँदो नोभेम्बर ३० मा बन्द गर्ने तयारी सगुनको मिनी आईपीओबारे अहिले धेरै नेपालीहरु अन्योलमा छन् । कम्पनीले पनि आफ्नो बारेमा राम्रोसँग बुझेर लगानी गर्ने सोचलाई ‘सही’ भनेको छ ।

अहिले कम्पनीले आफ्नो सामाजिक सञ्जाललाई अझ विस्तार गर्न निकै कामहरु गरिरहेको छ । त्यसमै सहयोग हुने गरी सगुनले अमेरिकाबाटै मिनी आईपीओ जारी गरेको छ । सगुनको प्रयोगकर्ता विस्तार गर्ने, थप नयाँ विशेषताहरु बढाउँदै लैजाने र मोबाइल एपको सुरुवात गर्ने लगायतका काम लागि सगुनले लगानी जुटाइरहेको छ ।

सजिलै डेबिट तथा क्रेडिट कार्डमार्फत नै लगानीकर्ताले सगुनमा लगानी गर्न सक्छन् । अमेरिकाले सन्२०१२बाट मात्रै स्टार्ट-अप कम्पनीलाई यस्तो आईपीओ जारी गर्न दिने गरी कानुन ल्याएको थियो ।

‘फेसबुक र ट्वीटरमा सर्वसाधारणले सुरुवातमै यस्तो लगानी गर्न पाएका थिएनन्। तर, त्यस्तै पथमा अघि बढिरहेको सगुनमा भने नेपालीहरुलाई लगानीको ठूलो अवसर मिलेको छ । यस्तो अवसर नेपालीहरुले पाएका थिएनन्, अब बिरलै पाउलान् पनि ।’ कम्पनी भन्छ ।

यस्तो अवसर जुटाउन र कम्पनीलार्इ सफल बनाउन सगुनको टिम लगातार मिहिनेत गरिरहेको संस्थापक गोविन्द गिरी बताउँछन् ।

थोरै जेखिम, धेरै सम्भावना

विश्वमा बढ्दो समाजिक सञ्जालको प्रयोगलाई उत्पादशील बनाउने अवधारणमा सगुनलाई विकास गरिएको बताउँछन् संस्थापक गिरी । अमेरिकाको रक्षा मन्त्रालयको सिस्टम इन्जिनियरको जागिर छाडेर सगुनको विकासका लागि लागीपरेका गिरी प्रयोगकर्तालाई पनि आफ्नो सञ्जाल प्रयोग गरेबापत नाफाको ५ प्रतिशतसम्म दिने अवधारणामा यसलाई अघि बढाएको बताउँछन् ।

आफ्नै मौलिक विशेषता बोकेको सगुनले विश्वभरबाट नेपालीहरुलाई लगानीका लागि अाह्रवान गरेको छ । यो कम्पनी सुरुवाती अवस्थामा नै रहेका कारण यसमा लगानी गर्न थोरै जोखिम र धेरै सम्भावना रहेको संस्थापक गिरी बताउँछन् ।

‘हाम्रोमा लगानी गर्न रिस्क हुन्छ । तर, हामी जस्ता नयाँ कम्पनीमा लगानी गर्दा यो रामम्रो गतिमा गयो भने अहिले १ सय डलर लगानी गर्नेले ३ वर्षपछि १ मिलियन डलर कमाउन सक्छ,’ गिरीले भने, ‘तर, हामी कसैलाई भोलि कुनै भवितव्य भए आफ्नो आर्थिक अवस्थामा नै बिग्रने गरी लगानी नगर्न भनिरहेका छौं । आफूले मोल्न सक्ने जोखिमको मूल्यांकन गरेर लगानी गर्दा राम्रो हुन्छ । लगानी डुब्ने जोखिम भने छ ।’

कसरी गर्ने लगानी ?

सगुनले अहिले सर्वसाधारणको लागि मिनी आइपिओ अर्थात् सानो परिमाणमा प्राथमिक सेयर निष्कासन गरिरहेको छ । सगुन इन्कले २१ प्रतिशत अर्थात् ८ लाख ६९ हजार ५ सय ६५ कित्ता (२ करोड डलरको ) सेयर जारी गरेको छ ।

कम्पनीले जारी गर्ने सेयरमा देश भित्रका नेपालीले भने लगानी गर्न सक्ने छैनन् । तर, विदेशमा रहेका नेपालीले भने चाहेको परिमाणसम्म सेयरमा लगानी गर्न पाउने छन् । कम्पनीको एउटा सेयर किन्न २३ डलर तिर्नुपर्छ ।

नेपालबाट भने विदेशमा लगानी लैजान नपाइने भएकाले विदेशमा रहने नेपालीले मात्रै यो अवसर पाइरहेका छन् । लगानी गर्न चाहनेलाई अघिकतम्मको सीमा राखिएको छैन । केही प्रक्रियाहरू छन्, जसलार्इ लगानीकर्ताले पुरा गर्नुपर्छ । 

विदेशमा कानुनसम्मत तरिकाले बसोबास गरेका र स्थानीय बैंकमा बैंक खाता खोलेका नेपालीले मात्र यसमा लगानी गर्न पाउँछन् । सेयरमा लागनी गर्न डब्लुडब्लुडब्लु डट सगुनडट कम/इन्भेष्ट मार्फत् आवेदन गर्न सकिने छ । कम्पनीले आवेदन गर्न समस्या पर्नेहरुलाई लाइभ कलबाट पनि निर्देशित वा सहयोग गर्ने गर्छ ।

अमेरिकी सरकार मातहतको कारोबार

सगुनले यसअघि गरेको सोधमा लगभग ४ हजारले ७ करोड डलरसम्म आवेदनको इच्छा व्यक्त गरेको पाइएको थियो । कम्पनीलाई सेयर जारी गर्न अमेरिकी धितोपत्र कारोबार आयागले अनुमति दिएको हो भने त्यहाको जब्स एक्ट २०१२ को प्रावधान अनुसार सेयर निष्कासन भएको हो ।

कम्पनीले जारी गरेको सेयर तत्काल भने अमेरिकी सेयर बजारमा सूचीकृत हुने छैन । तर यसपछि गर्ने प्राथमिक सेयर निष्कासन लगत्तै भने अमेरिकी सेयर बजारमा कम्पनीको सेयर सूचीकृत हुने संस्थापक गिरीले बताए ।

हाल यस कम्पनीको मूल्यांकन ९३ मिलियन डलर बराबर छ । कम्पनीले डिसेम्बरसम्म भारतबाट विश्वव्यापी रुपमा मोबाइल एप्लिकेशन पनि सार्वजनिक गर्ने तयारी गररहेको छ ।

‘हामी प्रधानमन्त्रीलाई एप लन्चिङमा ल्याउन खोजिहरेका छौं,’ संस्थापक गिरीले भने, ‘भारतमा अहिले ४०जनाभन्दा बढीको  टिम सगुनका लागि काम गरिरहेको छ ।’

१० लाख प्रयोगकर्ता

मिनी आईपीओबाट उठेको रकम कम्पनी विस्तारमा लगाउने उल्लेख गरेको छ । कम्पनीले यसै रकमबाट उठेको करिब ३० करोड रुपैयाँ नेपालमा वैदेशिक लगानीको रुपमा ल्याउने योजना बनाएको छ ।

यसबाट नेपालमा कम्पनीको लागि आवश्यक सोध केन्द्र बनाउने लगायतका काम गर्ने योजना पनि छ ।

कम्पनीले सञ्जाल प्रयोग गर्ने प्रत्येक प्रयोगकर्तालाई ५ प्रतिशत सेयर स्वामित्व रहने प्रणालीको विकास गर्ने समेत स्पष्ट गरेको छ । हाल भने सगुनलाई १० लाखले प्रयोग गरिरहेका छन् ।

‘हामीले अहिलेसम्म युजरको मार्केटिङ गरेका छैनौं । अब हामी त्यता पनि केन्द्रित हुन्छौं,’ संस्थापक गिरीले भने,’हाम्रो ग्रोथ निकै राम्रो छ । यही गतिमा कम्पनी अघि बढ्यो भने हामी लक्ष्यमा पुग्छौं । हामीसँग त्यो किसिमको आत्मबल र टिम पनि छ ।’

सगुन इंकका संस्थापक गोविन्द गिरी

कम्पनीका विभिन्न योजना

सुगुनमा प्रत्येक प्रयोगकर्तालाई ५ प्रतिशत सेयर स्वामित्व दिने योजनाअनुसार नेपालमै रहेकाहरुले समेत पाउने व्यवस्थाको लागि तयारी भइरहेको गिरीले बताए ।

कम्पनीको सञ्जालमा प्रकाशित हुने विज्ञापन आम्दानीको स्रोतको रुपमा रहेको छ । त्यस्तै, भविष्यमा बैंक, ग्राहकको लागि अमेरिका लगायतका देशका कम्पनीहरुले दिने छुट, उपहारहरु सम्बन्धित व्यक्तिलाई पठाउन सकिने गरि स्मार्ट कार्डको बिकास गरेर सेवा दिने समेत योजना बनाएको छ ।

सगुनले आफ्नो सोसियल स्मार्ट कार्डलाई प्रयोगकर्ताहरु माझ ल्याउने योजना बनाएको छ । सगुनमा प्रोफाइल बनाउँदा र सगुनमा आबद्ध भएपछि सगुन प्रयोगकर्ताले निस्शुल्क रुपमा स्मार्ट कार्ड पाउने कम्पनीले जनाएको छ । उक्त स्मार्ट कार्ड पाएपछि सगुनमा खाता भएका प्रयोगकर्ताहरुले आफ्नो साथीभाई वा परिवारलाई उपहार र गिफ्ट कार्ड खरिद गरेर दिन सक्ने अवधारणा पनि छ ।

धेरै गिफट कार्ड राख्नुभन्दा एउटै स्मार्ट कार्ड राखेर सगुनका प्रयोगकर्ताले आधिकारिक साझेदारहरुबाट फाइदा लिन सक्ने कम्पनीले जनाएको छ ।

सबै सगुन स्मार्ट कार्ड प्रयोगकर्ताहरुले आफूले किनेको वस्तुमा निश्चित प्रतिशत रकम फिर्ता पाउने गरी व्यवस्था गर्ने योजना पनि छ । त्यस्तै एपबाटै मोबाइल चार्ज गर्ने सिस्टमको पनि विकास सगुनले गरिरहेको छ ।

के छन् सगुनमा ?

सगुन, फेसबुक दर्ता रहकै अमेरिकी सरकारका निकायहरुमा दर्ता रहेको बताउँछन् कम्पनीका अधिकारीहरू । सगुनमा रजिस्टर प्रयोगकर्ताका ‘माई डे’ (दैनिक काम मिलाउने), ‘मुड टक’ (मुड अनुसार कुराकानी गरिने), र ‘ओपन सेक्रेट’ (आफ्नो गोप्य कुराहरु सेयर गर्ने) फिचरहरू छन् ।

मुड टकबाट प्राइभेट वा ग्रुप च्याटमा प्रयोगकर्ताहरुले आफ्नो मुड अनुसार इमोजी र स्टिकर बनाउन सक्छन् । सगुनको च्याटमा कुराकानी गरेको पछि म्यासेजहरु आफै हराएर जान्छन् ।

सगुनमा प्रयोगकर्ताले आˆनो इच्छा अनुसार आफ्नो सेक्रेट सबैलाई वा चाहेको व्यक्तिलाई मात्रै सेयर गर्न सक्नेछन् । सगुनमा हट सेक्रेटको बिशेषताहरु रहेका छन्, जसबाट लाईक, डिस्लाइक, सेयर वा कमेन्ट गर्न सकिनेछ ।

साथै सेयर गरेको सेक्रेट ट्रयाक गरेर कतिवटा देश र शहरका प्रयोगकर्ताले हेरे भनेर जान्न सकिन्छ । यसमा विभिन्न फिचर्स पनि थपिँदैछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment