Comments Add Comment

पर्सामा राजपा-फोरम गठबन्धन विरुद्ध वागी धेरै

१६ कात्तिक, वीरगञ्ज । पर्सामा राजपा फोरम गठबन्धन विरुद्ध बागी उम्मेदवार धेरै देखिएका छन् । वागी उठ्नेमा राजपाका नेताहरु छन् । पार्टी नेतृत्वले कार्यकर्ताहरुको भावना नबुझी निर्णय गरेको भन्दै स्थानीय नेताहरु वागीमा उठेका हुन् ।

राजपा फोरम गठबन्धनलाई चुनौति दिनका लागि कदम रसुलले पर्सा क्षेत्र नं १ बाट प्रतिनधि सभा तर्फ उम्मेदवारी दिएका छन् । त्यसैगरी इमदाद गद्दी सुगाले पर्सा क्षेत्र नं ४ बाट मनोनयन दर्ता गराएका छन् । दुवैले संघिय समाजवादी पार्टीको तर्फबाट बस छापमा चुनाव लडेका हुन् ।

राजपाका महानगर अध्यक्ष ओम प्रकाश सर्राफले प्रदेश सभा तर्फ पर्सा क्षेत्र नं १ को २ बाट र राजपाका महासचिव शिव पटेलले प्रदेश सभा निर्वाचनका लागि पर्सा क्षेत्र नं २ को २ बाट स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन् । पटेल पर्साको बहुदरमाई नगरपालिकामा राजपाका तर्फबाट प्रमुखमा लडेर पराजित भएका थिए ।

पार्टी नेतृत्वले कार्यकर्ताको भावना विपरित गएकोले स्वतन्त्रबाट उम्मेदवारी दर्ता गराएको राजपाका नगर अध्यक्ष ओम प्रकाश सर्राफले बताए । ‘ पार्टी नेतृत्वले नसुनेपछि जनताको माझमा गएको छु । आशा छ । जनताले सही मुल्याङ्कन गर्नेछन् ।’ उनले भने ।

स्वच्छ भावनाले जनताको सेवा गर्न उम्मेदवारी दिएको नेता पटेलले बताए । ‘जुन मुद्धा उठान गरेर हामीले आन्दोलन गर्‍यौं, त्यसको कुनै अर्थ रहेन । ६ पार्टी एकीकरण भएपछि अनियन्त्रित, अनिर्णयको बन्दी बन्यो ।’ उनले भने ‘ जिल्लाको निर्णय केन्द्रले नसुन्ने अवस्था बन्यो । ६ जना अध्यक्षले आफ्नो कुर्सी जोगाउनका लागि मात्रै पार्टी एकीकरण र गठबन्धन गरेको जस्तो देखियो ।’

राजपा महिला जिल्ला कमिटि अध्यक्ष रहेकी अनिता रौनियारले प्रदेश सभा तर्फ पर्सा क्षेत्र नं १ की २ बाट उम्मेदवारी दिएकी छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment