+
+

बढ्दो उमेरका बच्चालाई कसरी दिने सही पोषण

अनलाइनखबर अनलाइनखबर
२०७४ कात्तिक १७ गते १२:४९

बच्चालाई कसरी हुर्काउने, बढाउने ? आमाबुवाको मनमा बारम्बार उठ्ने प्रश्न हो । बच्चाको उचित स्यहार सुसारका लागि उनीहरुको खानपान पनि सही हुनुपर्छ । यसका लागि निम्न कुरामा ध्यान दिनैपर्छ ।

सखरखण्डः पोटासियम, भिटामिन सी, फाइबर फोलेट, भिटामिन ए, क्याल्सियम र आइरनबाट भरिपूर्ण सकरखण्ड अत्यन्त राम्रो पोषक तत्व हो । थुप्रै रेसिपीमा तपाईं यसलाई आलुको ठाउँमा पनि प्रयोग गर्न सक्नुहुन्छ । यसलाई उसिनेर, गि्रल गरेर वा रोस्ट गरेर खान सकिन्छ ।

अन्डाः अन्डामा प्रोटिनको मात्रा बढि हुन्छ । यसका अलावा यसमा दर्जनौं भिटामिन्स र मिनरल्स हुन्छन् । साथै अन्डामा कोलिन नामक पोषक तत्व पनि भरपूर मात्रामा हुन्छ जुन मस्तिष्कको विकासका लागि जरुरी हुन्छ । अन्डालाई ब्वाइल, फ्राई वा अन्यरुपमा आफ्ना बच्चालाई दिनुपर्छ ।

दहीः क्याल्सियम र प्रोटिनबाट भरपूर दहीले बच्चाको दाँत तथा हड्डीलाई मजबुति दिन्छ । साथै पाचन प्रणालीमा पनि मद्दत गर्छ । ताजा फलका साथ बच्चालाई दही खुवाउनु लाभप्रद हुन्छ ।

तुलसीः यसमा एन्टीअक्सिडेन्ट, भिटामिन, एसीके, आइरन, पोटासियम र क्याल्सियम हुन्छ जसले बच्चाको पाचन प्रक्रियालाई ठीक राख्छ । कैयन् अनुसन्धानबाट पत्ता लागेको छ कि तुलसी टाउको दुखेको बेलामा राहत दिन पनि काम लाग्छ । अर्कोचोटि पास्ता बनाउँदा तुलसीको केही पत्ता हाल्न नभुल्नुस ।

ओटमिलः थुप्रै अनुसन्धानले सावित गरेका छन् कि ओटमील खाने बच्चाहरु पढाईमा राम्ररी ध्यान केन्दि्रत गर्न सक्छन् । यसबाट विद्यालयमा उनीहरुको पर्फमेन्स राम्रो हुन्छ । फाइबरबाट भरिपूर्ण ओटमिल बिस्तारै बिस्तारै पच्छ र बच्चालाई शक्ति दिन्छ ।

पालुंगोः पालुंगो आइरन, क्याल्सियम, फोलिक एसिड, भिटामिन ए र सी को राम्रो स्रोत हो जुन बच्चाहरुको मानसिक विकास र मजबुत हड्डीका लागि आवश्यक हुन्छ । पालक निकै छिटो पाक्छ । तपाईं पालकलाई तातो सूप वा टोमेटो ससमा हालेर पनि बच्चालाई दिन सकिन्छ ।

बेरिजः ब्लुबेरी, स्ट्रबेरी र रसबेरीमा पोटासियम, भिटामिन सी, कार्बोहाइड्रेट, फाइबर र एन्टिअक्सिडेन्ट हुन्छन् । यिनीरुमा फ्याट र कोलेस्ट्रोल हुँदैनन् । यिनीहरुको स्वाद मिठो हुन्छ । यसैले बच्चाहरु मन पराउँछन् । यसलाई तपाईं ओटमिल, दही आदिमा मिसाएर खान सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?