Comments Add Comment

‘रानी महल’लाई ३ महिनादेखि कुर्दै बर्षा, अब ‘भैरे’मा देखिदै


नायिका बर्षा सिवाकोटीले चलचित्र ‘रानी महल’को सुटिङ कुरेको ३ महिना भैसक्यो । चलचित्रमा अनुवन्धित भएपछि उत्साहित भएकी नायिकालाई लभ स्टोरी कथामा बन्न लागेको यो चलचित्रको छायांकन किन ढिला भयो भन्ने थाहा छैन ।

रमाइलो कुरा के छ भने, सुरुवातमा यो चलचित्रमा नायिका सन्ध्या केसी अनुवन्धित भएकी थिइन् । तर, अहिले चलचित्रको नायिकाको रुपमा बर्षा आइसकेकी छिन् । अझ, चलचित्र बन्ने सुरुवाती दिनमा त नायक प्रदिप खड्काले चलचित्रमा काम गर्ने चर्चा थियो ।  प्रदिप आफै पनि यो चलचित्रका लागि सुहाउने नायिका खोजिरहेका थिए । तर, पछि प्रदिपले पनि चलचित्रबाट हात झिके भने सन्ध्या पनि बाहिरिइन् । अब, चलचित्रको मुख्य भूमिकामा अनुवन्धित बर्षा छायांकनको सुरुवात कहिले होला भनेर बसिरहेकी छिन् ।

बर्षाले चलचित्रको छायांकन मिति कुरिरहँदा अब अर्को चलचित्रमा संझौता गरेकी छिन् । उनले, काम गर्न लागेको नयाँ चलचित्रको नाम ‘भैरे’ हो । एभरेष्ट सूर्य बोहराले यो चलचित्रको निर्देशन गर्दैछन् । चलचित्रको छायांकन मंसिर १ गतेबाट सुरु हुने बर्षाको भनाई छ ।

‘भैरे’लाई लिएर आफू उत्साहित रहेको सिवाकोटी बताउँछिन् । यो चलचित्रमा नायक दयाहाङ राई र बुद्धि तामाङले काम गर्ने चर्चा छ । तर, दया चलचित्रका लागि फाइनल भैसकेका छैनन् ।

बषर्ाले ३ महिनादेखि कुरेको चलचित्र ‘रानी महल’को छायांकन कहिले सुरु हुन्छ अन्यौलामा छ । तर, ‘भैरे’ फ्लोरमा जान लागेपछि बर्षालाई केही हदसम्म राहत मिलेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment