Comments Add Comment

बैंक अफ काठमाण्डुको नाफा १७ प्रतिशत घट्यो


१९ कात्तिक, काठमाडौं । चालु आव २०७४/७५ को पहिलो त्रैमाशमा बैंक अफ काठमाण्डुको नाफा करिब १७.३१ प्रतिशतले घटेको छ ।
बैंकको नाफा २२ करोड पुगेको छ । गत आवको बैंकले पहिलो त्रैमाशमा २७ करोड रुपैयाँ नाफा आर्जन गरेको थियो ।

बैंकको सञ्चालन नाफा पनि २५ प्रतिशतले घटेर २९ करोड रुपैयाँमा सिमित भएको छ । बैंकको खुद व्याज आम्दानी पनि ८ प्रतिशतले घटेको छ । यो रकम ५७ करोड रुपैयाँ पुगेको छ । त्यस्तै, फि कमिसन, अन्य आम्दानी शीर्षकबाट १८ करोड रुपैयाँ आर्जन गरेको छ । यो रकममा खसै परिर्वतन देखिदैन् ।

बैंकको निक्षेप ६९ अर्बमा स्थिर रहेको छ । कर्जा १.४ प्रतिशतले वृद्धि भएर ६२ अर्ब पुगेको छ । बैंकको निक्षेपको तुलनामा कर्जाको अनुपात ९० प्रतिशत देखिन्छ । तर प्राथमिक पूँजी सहितको निक्षेपको आधारमा भने कर्जाको अनुपात ७७.३९ प्रतिशत रहेको बैंकको वित्तीय विवरणमा उल्लेख छ ।

बैंकको कुल कर्जा लगानीमा ५६ प्रतिशत लगानी रियल इस्टेट, सेयर कर्जा र ओभरड्राफ्ट कर्जा रहेको छ । यी क्षेत्रमा ३५ अर्ब रुपैयाँ लगानी भएको छ ।

बैंकले सम्भावित नोक्सान वापतको व्यवस्थामा १३ करोड रुपैयाँ राखेको छ । बैंकको खराब कर्जाको अनुपात १।.१२ बाट बढेर २.०८ प्रतिशत रहको छ । करिब १८० प्रतिशत प्रोभिजनिङ गरेको उल्लेख छ ।

बैंकको सेयरमा प्रतिफल १२ प्रतिशतबाट घटेर ९ प्रतिशत भएको छ । बैंकको चुक्ता पूँजी करिब १ अर्बले बढेपछि सेयरमा प्रतिफल घटेको हो । बैंकको चुक्ता पूँजी ५ अर्ब ६२ करोड पुगेको छ भने सञ्चिती ३ अर्ब ५३ करोड रुपैयाँ रहेको छ ।

बैंकको प्रतिसेयर आम्दानी १५.९२ रुपैयाँ, मूल्य आम्दानी अनुपात २७.८३ गुणा र प्रतिसेयर नेटवर्थ १ सय ६२ रुपैयाँ रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment