Comments Add Comment

किन, कुन कस्मेटिक्स कसरी फ्रिजमा राख्ने ?

कस्मेटिक्स, जो हामी दिनहुँ प्रयोग गर्छौ । यद्यपी त्यसलाई सहि ढंगले राख्नु पनि जान्नुपर्छ । यदि त्यसो गरिएमा उक्त कस्मेटिक्सको गुणस्तर कायम रहन्छ ।

सामान्यतया यस्ता कस्मेटिक्स प्रोडक्टमा तापमानको विशेष भूमिका रहन्छ । यदी तापक्रम बढी छ भने, त्यस्ता कस्मेटिक चाडै पग्लने , सुक्ने गर्छ भने यदी तामक्रम कम छ भने बढी चल्ने गर्छ ।

कस्मेटिक्सलाई लामो समयावधी चलाउनको लागि पनि केही कस्मेटिक्सलाई फ्रिजमा राख्न जरुरी हुन्छ । जुन यस प्रकार छ ।

लिपस्टिक/ लिप बाम

धेरैले गुनासो गर्छन्, ‘पर्समा राखेको लिपस्टिक पग्लियो ।’

प्रायः गर्मी को मौसममा लिपसिस्टक पग्लने समस्या धेरै हुने गर्छ ।जबकी लिपस्टिकलाई फि्रजमा राखेको खण्डमा यसको आकार दुरुन्तै रहनुका साथै लिपस्टिक पग्लन समस्या हटेर जान्छ ।

आइलाइनर पेन्सिल

गर्मी मौसममा पेनिसल आइलाइनरको प्रयोगले लाइनर पग्लने समस्या हुने गर्छ । त्यस्तै, पेन्सिल पग्लने हुदाँ त्यसलाई ताछ्न समेत समस्या हुने गर्छ । यदी कसैलाई आइलाइनर लगाउनु परेमा करिब १० मिनेट त्यसलाई फ्रिज गरेर राखेमा आइलाइनर स्मुथ हुनुका साथै आर्कषक देखिन्छ ।

आई क्रिम

चिसो आई क्रिमको प्रयोगले फलेको आखा बस्नुका साथै प्रभावकारी रुपमा आँखामा रक्त सञ्चार हुने गर्छ । त्यसैले, आई क्रिमको प्रभावकारी असरका लागि पनियसलाई फि्रजमा राख्न जरुरी छ ।

नेचुरल प्रोडक्टस्

कैमिकल्सयुक्त प्रोडक्समा प्रिजरभेटिभको प्रयोग हुने भएकोले त्यसलाई फि्रजमा राख्न खासै आवश्यक छैन । जबकी नैचुरल प्रोडक्टलाई बाहिर राख्दा त्यो विग्रन सक्ने हुदाँ त्यस्ता प्रोडक्टलाई सुरक्षित राख्नको लागि पनि फ्रिजमा राख्न जरुरी छ ।

परफ्युम

परफ्युमलाई जति ठन्डा राख्यो, त्यसको आयु त्यति नै बढ्ने गर्छ । त्यतिमात्र नभएर गर्मी तथा घामका कारण परफ्युममा भएको तत्व पनि उड्न सक्छ । यस्ता कुराबाट परफ्युमलाई सुरक्षित राख्नका लागि पनि परफ्युमलाई फि्रजमा राख्नु निकै राम्रो मानिन्छ ।

फेस मास्क
अनहारलाई नरम तथा मुलायम बनाउन प्रयोग गरिने फेस मास्कलाई फ्रिजमा राख्ने यसलाई सुरक्षितराख्ने सबैभन्दा राम्रो उपाय हो । यसले मुखमा भएको रातोपना तथा गालाको तातोपनामा शितलता प्रदान गरी अनुहारलाई आर्कषक बनाउँछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment