Comments Add Comment

काठमाडौं-१ मा भट्टराईलाई एराप्रपा राष्ट्रवादीको समर्थन

१९ कात्तिक, काठमाडौं । एकीकृत राप्रपा (राष्ट्रवादी) र नेपाली कांग्रेस विपीबीच चुनावी गठबन्धन गर्दै पार्टी एकता गर्ने सहमति भएको छ ।

दुई पार्टीले आगामी मंसिरमा १० र २१ मा हुने प्रतिनिधिसभा र प्रदेशसभाको चुनावमा अर्कालाई सहयोग गर्न राष्ट्रवादी-प्रजातान्त्रिक गठबन्धन गर्ने सहमति गरेका हुन् ।

सहमति अनुसार एराप्रपापा राष्ट्रवादीले कांग्रेस विपीका काठमाडौं क्षेत्र नं. १ का उम्मेदवार पार्टी सभापति हरिवोल भट्टराईलाई भोट हाल्ने छ ।

यस्तै कांग्रेस विपीले समानुपातिकमा एराप्रपा राष्ट्रवादीलाई भोट हाल्ने एराप्रपा राष्ट्रवादीका महामन्त्री भरतजंग उप्रेतीले विज्ञप्ति मार्फत जानकारी दिएका छन् ।

दुई पार्टीबीच चुनाव लगत्तै एकता गरी बृहत्तर राष्ट्रवादी प्रजातान्त्रिक पार्टी निर्माण गर्ने सहमति समेत भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment