Comments Add Comment

तराईका बाढीपीडितलाई राहत प्याकेज दिने मन्त्रिपरिषदको निर्णय

रक्षा सचिवमा केसी, मलेसियाको राजदूतमा बस्नेत नै

२० कात्तिक, काठमाडौं । सरकारले प्रदेश र प्रतिनिधि सभा निर्वाचनको मुखमा तराई मधेसका बाढी प्रभावित क्षेत्रमा राहतको विशेष प्याकेज ल्याउने निर्णय गरेको छ । आज बसेको मन्त्रिपरिषद बैठकले विशेष प्याकेजको तयारी गर्न अर्थमन्त्रालयलाई जिम्मा दिएको छ ।

साउन महिनामा आएको बाढी र पहिरोले तराई मधेसको अधिकांश बस्ती डुबानमा परेको थियो भने ठूलो जनधनको क्षति भएको थियो । त्यसको तीन महिनापछि सोमबार बसेको मन्त्रिपरिषद बैठकले विशेष राहत प्याकेज ल्याउने निर्णय गरेको हो ।

प्रधानमन्त्री शेरबहादुर देउवाका प्रेस संयोजक गोविन्द परियारले अनलाइनखबरसँग भने, ‘बाढी पीडितका लागि विशेष राहत प्याकेजको तयारी गर्न अर्थ मन्त्रालयलाई जिम्मा दिइएको छ । यो प्याकेज एक-दुई दिनमा सार्वजनिक हुन्छ ।’

सरकारले रक्षा सचिवमा विनोद केसीको सरुवा गरेको छ भने मलेसियाको राजदूतमा निरन्जनमान बस्नेतलाई अर्को व्यवस्था नभएसम्म यथावत राख्ने निर्णय पनि गरेको छ ।

यसैगरी मन्त्रिपरिषद बैठकले अमेरिकाले ग्रामिण कृषि सडक निर्माणका लागि दिने एक सय मिलियन डलर सहयोग लिने विषयमा सहयोग गर्न वार्ता समिति गठन गरिएको छ । १६ जिल्लामा रहेको ३८८ किलोमिटर लामो ग्रामिण कृषि सडक निर्माण गर्न अमेरिकाले एक सय मिलियन डलर सहयोग दिने प्रस्ताव गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment