अभिभावकका लागि त्यो क्षण असह्य हुन्छ, जब बच्चा रुन थाल्छ, चिच्याउन थाल्छ वा रिसाउँछ, र्झकन्छ । सामान फाल्न थाल्छ । त्यसबेला बालबच्चा झनक्क रिसाउँछन् ।
हामी उनीहरुलाई कराएर, थर्काएर, डर त्रास पैदा गरेर दबाउने यत्न गर्छौ । बच्चा रोएको छ वा झगडा गरिरहेका छ भने थप उनीहरुलाई पीडा दिन्छौ, ताकि त्यसो गर्न डर महसुष गरोस् ।
हामी वास्तवमै अबुझ छौं । बच्चाको क्षणि क्रियाकलाप मात्र हेर्छौ, त्यसको कारण बुझ्ने कोसिस गर्दैनौ । खासमा यसरी बच्चा रिसाउनु, र्झकनु, रुनु, कराउनु उसको दोष होइन । यो प्राकृतिक र परिस्थितीजन्य दोष हुन् । जबकी त्यसको सजाय हामी उल्टै ति अबोध बच्चालाई दिन्छौ ।
किन यस्तो हुन्छ ?
बच्चा किन झनक्क रिसाउँछ ? जब उनीहरुले आफ्नो भावना व्यक्त गर्न सक्दैनन् । मनमा कुण्ठा र आवेग एकसाथ मिसिएपछि उनीहरु रिसाउँछन् ।
त्यतिबेला, बच्चाहरुले आफ्नो आवेग पोख्ने अर्को माध्यम भेट्दैनन् र झनक्क रिसाउन थाल्छन् । यस्तो अवस्थामा बच्चाहरुलाई विभिन्न तरीकाले सम्झाउन, भुलाउनु पर्ने हुन्छ । बच्चाको आवेग नियन्त्रण गर्ने उपाय खोज्नुपर्छ ।
हप्तैपिछे हुन्छ समस्या
बच्चाहरुमा देखिने यस्तो चिडचिडापन विशेषगरी एक वर्षदेखि चार वर्ष सम्म अधिक रहने गर्छ । आफूभित्र रहेको समस्या व्यक्त गर्ने माध्यम नभेट्दा बच्चाहरुले अक्सर हप्तामा एक वा दुई पटक यस्तो समस्या देखाउने गर्छन् ।
बच्चाहरमा देखिने यो समस्या सामान्य भए पनि अभिभावकका लागि यो समस्या बन्न सक्छ । यस्तो समस्या मुडी बालबालिका, हाइपर एक्टिभ तथा तीब्र अपेक्षा राख्ने बालबालिकामा अधिक हुने गर्छ ।
के छ त समधान ?
बच्चा रिसाउँछ, र्झकन्छ भने उनीहरुलाई गाली गर्नु आफैमा मूर्खता हो । त्यस्तो गल्ती मूर्ख र अबुझ अभिभावकले नै गर्छ । समझदार अभिभावले बच्चाको प्रवृत्तिलाई बुझ्ने कोसिस गर्छन् । र, गर्नुपनि पर्छ ।
बच्चा रिसाउने, र्झकने, रुने गरेमा के गर्ने त ?
१. बच्चाहरुसँग विशेष अवसर वा समस्याका बारेमा कुरा गर्न सकिन्छ ।
२. उनीहरु जे कुरामा खुसी हुन्छन्, त्यही गर्ने ।
३. राम्रो खेल्ने कुरा दिने, मीठो खान दिने, सहज वातावरण बनाउने ।
४. बच्चाको भावना बुझ्ने कोशिस गर्ने । उनीहरुको आवश्यक्ता परिपूर्ति गरिदिने ।
५. बाहिर जादाँ आˆनो अपेक्षा बताउन सकिन्छ ।
६. कुनै पनि कुरा गर्नु पूर्व के गर्ने के नगर्ने भन्न सकिन्छ ।
७. बच्चाको संवेदना प्रति संवेदनशील हुने ।
८. बच्चाले पाउनु पर्ने पर्याप्त निद्रा तथा आराम पाइरहेको छ कि हैन विचार गर्ने ।
बच्चालाई शान्त गराउन सबैभन्दा पहिले त आफै शान्त हुन जरुरी छ । त्यस्तै, बच्चाको व्यवहार प्रति कुनै प्रतिकि्रया नजनाएर पनि त्यस प्रति प्रतिकि्रया जनाउन सकिन्छ । जस्तैः यदी तपाई घरमा हुनुहुन्छ भने बच्चा पट्टी नफर्किएर, केही समयको लागि उक्त कोठाबाट बाहिर निस्केर पनि त्यस अवस्थामाथि निजात पाउन सकिन्छ ।
सही शब्द चयन, तथा बच्चाको भावनामा संवेदनशील भएर पनि बच्चालाई सम्झाउन सकिन्छ । त्यस्तै, बच्चालाई शान्त बनाउनको लागि उसलाई मनपर्ने खेलौना दिएर पनि उक्त वातावरणलाई परिवर्तन गर्न सकिन्छ ।
त्यस्तो अवस्थामा बच्चालाई आघात नपुगोस् भन्नका लागि अभिभावकले उसलाई समातेर, माया देखाएर उप्रति नकारात्मक नबनेर पनि त्यो अवस्थालाई नियन्त्रणमा लिन सकिन्छ ।
अझ यस्तो अवस्था सार्वजनिक स्थलमा उब्जिएको खण्डमा बच्चालाई शान्त वातावरण वा एकान्तमा लगेर सम्झाएर पनि नियन्त्रण गर्न सकिन्छ । अन्यथा बच्चा शान्त नभएसम्म उक्त ठाउँमा नफर्किएर पनि त्यो अवस्थाबाट पार पाउन सकिन्छ ।
प्रतिक्रिया 4