+
+
Shares

टिपरको ठक्करले नाबालकको मृत्यु

रासस रासस
२०७४ कात्तिक २२ गते ११:०४

२२ कात्तिक, बनेपा । काभ्रेपलाञ्चोकको दोलालघाटबाट धुलिखेलतर्फ आउँदै गरेको टिपरले तामाघाटमा ठक्कर दिँदा बुधबार बिहान एक नाबालकको मृत्यु भएको छ ।

बा ४ ख ३२६८ नम्बरको टिपरले ठक्कर दिँदा उनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, धुलिखेलले जनाएको छ ।

दुर्घटनामा तीनवर्षीय रामबहादुर कुँवरको मृत्यु भएको प्रहरी नायब उपरीक्षक मुकुन्द मरासिनीले जानकारी दिए ।

दुर्घटनाको विषयलाई लिएर बिहान ९ बजेदेखि अरनिको राजमार्ग बन्द भएको छ । प्रहरीले सडक खुलाउने विषयमा वार्ता जारी रहेको उल्लेख गर्दै दुर्घटनामा संलग्न गाडी र त्यसका चालकलाई नियन्त्रणमा लिएको छ ।

लेखक
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?