+
+

छोराछोरीसँग यौनको कुरा कहिले/कसरी सुरु गर्ने ?

अनलाइनखबर अनलाइनखबर
२०७४ कात्तिक २२ गते ११:०१

हामीकहाँ यौनजन्य विषयलाई ‘छाडा’ भनिन्छ । त्यही कारण यस विषयमा खुला छलफल गर्नु, बहस गर्नु, सोधीखोजी गर्नु हच्किने गरिन्छ । यौनको विषय उप्काउनसाथ हामी लज्जावती झार झै खुम्चन्छौं।

यौन, सृष्टिकै अभिन्न पाटो हो । तर, हामीले यसको विकृत र कुरुप पक्ष मात्र देख्ने गर्छौ । त्यसैले यौन भन्नसाथ हाम्रो मुख रातोपिरो हुन्छ । यस्तो अवस्थामा अभिभावक र उनका बालबच्चाबिच यौनको चर्चा हुने कुरै भएन ।

तर, जरुरी चाहि के छ भने यौनको विषयमा खुला बहस हुनुपर्छ । खासगरी अभिभावकले आफ्ना बच्चालाई यौन सम्बन्धि उचित शिक्षा दिनैपर्छ । यसले बालबच्चामा हुने कौतुहलता त मेटिन्छ नै, उनीहरुले यौनलाई भिन्न र फराकिलो कोणबाट ग्रहण गर्न सक्षम हुन्छन् ।

त्यसो भए कसरी दिने त छोराछोरीलाई यौन शिक्षा ?

एक बच्चीले आमालाई अचानक सोधिन्, ‘अर्गाज्म भनेको के हो ?’ त्यहाँ एक असहज प्रकारको सन्नाटा छायो । बच्ची सानै थिइन् र उनका बुबाआमालाई शंशय थियो कि उनलाई अर्गाज्मका विषयमा जानकारी गराउने बेला भएको छ कि छैन ? उनीहरुले आपसमा सल्लाह गरेर छोरीलाई सहि जानकारी दिने निर्णय लिए ताकि बाहिरबाट उनले यस विषयमा भ्रमपूर्ण कुराहरु नसुनुन् ।

बच्चीकी आमा भन्छिन्, ‘हामीले अर्को दिन उनलाई आफूसामुन्ने राख्यौं र सेक्स भनेको के हो ? यो कसरी हुन्छ ? यो कस्तो अवस्थामा गैरकानूनी हुन्छ ? भन्ने लगायतका विषयमा सविस्तार व्याख्या गर्‍यौं । छोरीले सबै कुरा बुझिनन् तर, आधारभूत कुरा आवश्य थाहा पाइन् ।’

उनको यो अनुभवबाट हामी आफ्ना छोराछोरीसँग यौनको विषयमा कुरा गर्दा ध्यानमा राख्नुपर्ने कुराहरु सम्झाउँदैछौं ।

चाँडै सुरु गरौं

अधिकांस अभिभावकहरु यौनको विषयमा छोराछोरीलाई सानैमा जानकारी गराउने कुरा सुन्दा जिब्रो टोक्छन् । एक मनोविज्ञ भन्छिन्, ‘प्रविधिको यो युगमा फिंगर टिप्सको भरमा सबै जानकारीहरु प्राप्त गर्न सकिने भएकाले आजका बच्चाहरु एकदम स्मार्ट छन् । तर, यस माध्यमबाट प्राप्त हुने कतिपय जानकारीहरु गलत र भ्रामक पनि हुन्छन् । त्यसैले बाबुआमाले आफ्ना बच्चा हुर्केपछि उनीहरुलाई सबैभन्दा पहिले पुरुष र महिलाका प्रजनन प्रणालीको विषयमा विस्तृत जानकारी दिनुपर्छ । यौनका अन्य आयामहरुबारे चरणवद्धरुपमा बताउनुपर्छ ।’

प्रश्न किन पर्खने ?

आफ्ना बच्चाहरुलाई यौन शिक्षा दिने सन्दर्भमा बुबाआमाले उनीहरुको प्रश्नको प्रतिक्षा गर्नु आवश्यक छैन । बच्चाहरुले मनमा लागेको जिज्ञासा बाबुआमालाई सोध्न डराएका वा धकाएका हुन सक्छन् । त्यसैले बाबुआमा आफैंले अघि सरेर उनीहरुलाई सुसुचित गर्नुपर्छ ।

एक गृहणी भन्छिन्, ‘धेरै दिनदेखि म नोटिस गरिरहेकी थिएँ कि मेरो छोरा टिभीमा वयस्क च्यानलहरु खोजी खोजी हेर्ने गथ्र्यो । मैले ठाडो हस्तक्षप गरेर उसलाई रोक्न चाहिनँ । मैले यसो गरेको भए उ इन्टरनेटको सहारा लिन पुग्थ्यो । बरु मैले उसलाई आफूसँग राखर यौन शिक्षा दिएँ । सुरु-सुरुमा दुवैलाई असहज भयो, तर बिस्तारै सहज बन्दै गयौं ।’

आँकडा पनि देखाउने

१३-१४ वर्षको उमेरमा शरीरका हर्मोन्स सक्रिय हुन्छ र छोराछोरीमा विपरित लिंगीप्रति झुकाव बढ्न थाल्छ । यस्तोमा उनीहरुलाई विपरित लिंगीसँग हिमचिम गर्न नदिनु कुनै बुद्धिमानीको कुरा होइन ।

यसको साटो आफ्ना छोराछोरीलाई अनिच्छित, कम उमेरको प्रग्नेन्सीका आँकडाहरुसँग परिचित गराउनुस र उनीहरुलाई एचआइभी एड्स र अन्य यौनरोगहरुको खतराका विषयमा जानकारी दिनुस । सेक्सको लागि कानूनले तोकेको उमेरका विषयमा बताउनुपर्छ । कण्डोमको बारेमा पनि बताउने र त्यसलाई कहाँ किन्न सकिन्छ पनि भनिदिनुपर्छ । ताकि उनीहरुले कदाचित यौनसम्वन्ध राखिहाले भने पनि सुरक्षित रुपमा राखुन् ।

फेन्टासी र वास्तविकताबीचको भेद

अक्सर टिनएजरहरु इन्टरनेट र टिभीमा विभिन्न सामग्रीहरु हेरेर यौनका विषयमा फेन्टासीहरु बनाउने गर्छन् ।

गृहणी भन्छिन्, ‘उनीहरुलाई वास्तविकता र फेन्टासीबीचको फरकको विषयमा ज्ञात गराउनुस । उनीहरुलाई भनौ कि यौन एकदमै सुुन्दर चिज हो तर यो सही पार्टनरका साथ हुनुपर्छ ।’

‘कैयन् टिनएजर्स आफ्ना पार्टनरद्वारा सेक्सको लागि दिइने दवावमा पर्छन् । यो दवावलाई कसरी झेल्ने भन्ने उनीहरुसँग आइडिया हुँदैन । यस्तोमा उनीहरुलाई सम्झाउनुपर्छ कि मन र शरीरको सहजताबिना सेक्स कदापी गर्नु हुँदैन । यदि आफूलाई मन छैन भने सेक्स नगर, किनकी यसको परिणाम अर्कै हुनसक्छ ।’

नयाँ नयाँ तरिका खोज्ने

आफ्नो कुराकानीलाई अति धेरै नैतिकतायुक्त नबनाउने । ओरल वा एनल सेक्सलाई लिएर उनीहरुको कामना वा फेन्टासीजको विषयमा कुरा गर्नुपर्ने हुन सक्छ । यस प्रक्रियामा धेरै जोखिम त छ तर, साथसाथै भावनात्मकरुपमा जोडिने सम्भावना पनि निकै हुन्छ ।

यसका अलावा कैयौ बाबुआमाका लागि उनीहरुका बच्चा समलिंगी हुन् भन्ने स्वीकार्न साह्रै मुस्किल हुन्छ । तर, बाबुआमाले खुल्ला दिमागले उनीहरुको कुरा सुन्नु र मनन गर्नुपर्छ ।

एक महिला भन्छिन्, ‘मेरो छोराले यी सबै कुराहरुको बारेमा सम्भिmने बुझ्ने प्रयास गरिरहेको छ, तर म कुनै पनि सम्भावनालाई नजरअन्दाज गर्दिन । म उसका भ्रमहरु तोड्नका लागि सदैव उसको साथमा रहनेछु । मेरी ९ वषिर्या छोरी पनि छिन् । उनी पनि अली ठुली भएपछि यसै गर्नेछु । म उनलाई गाइनोकोलोजिस्टकहाँ पनि लैजान्छु र चेकअप गराउँछु । ताकि उनले सेक्स र प्रजननसँग जोडिएको कुनै पनि समस्याका विषयमा मसँग कुरा गर्न सकिनन् भने मेडिकल प्रोफेसनलको मद्दत लिन सक्नेछिन् ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?