Comments Add Comment

धनुषामा राजपा र कांग्रेसलाई अन्तर्घातको डर

धनुषा ३ प्रदेश(ख) का कांग्रेस र राजपाका उम्मेदवारहरू ।

२४ कात्तिक, जनकपुर । धनुषा क्षेत्र नम्बर ३ को ‘ख’को चुनावी माहोल अहिले निकै तातिएको छ । नेपाली कांग्रेस र राजपा बीच यहाँ मुख्य प्रतिस्पर्धा हुने अनुमान गरिएको छ । तर, दुवै पार्टीलाई एउटै चिन्ताले सताएको छ । त्यो हो अन्तर्घात ।

स्थानीय तहको चुनावमा राजपाले राम्रो प्रदर्शन गरे थियो । धेरै जसो वडाहरुमा राजपाले आफनो जित हासिल गरेको थियो ।

कतिपय राजनीतिक जानकारहरुका अनुसार कांग्रेसभित्रको अन्तर्घातका कारण स्थानीय तहको चुनावमा राजपालाई पल्ला भारी भएको थियो ।

प्रदेशको चुनावमा फेरि यस्तै अवस्था त आउने होइन भन्ने चिन्ता पार्टीहरुमा देखिएको छ । दुवै पार्टी अहिले अन्तरघातलाई कसरी रोक्ने विषयमा नै केन्दि्रत रहेको छ ।

राजपाले जनकपुरमा परमेश्वर साहलाई उम्मेदवार बनाएको छ भने नेपाली कांग्रेसले श्याम साहलाई उम्मेदवार बनाएको छ ।

यसले गर्दा प्रदेशको सहरी क्षेत्रमा कसले जित्ने भन्ने सहज अनुमान गर्न निकै गाहो रहेको छ । स्थानीय तहमा आएको मत परिणामलाई हेर्न हो भने राजपाको अवस्था राम्रो छ ।

स्थानीय तहको मत अनुसार राजपाले प्रदेशको ३ ‘ख’ मा ९ हजार ७९५ मत ल्याएको थियो । त्यसैगरी कांग्रेसले ७ हजार र वाम गठबन्धनले ३ हजार मत प्राप्त गरेको थियो । तर, दुबै पार्टीमा उम्मेदवारी दर्ता गर्नु पूर्व धेरै आकांक्षी भएकोले अहिले असन्तुष्टि बढेको छ ।

राजपाले जनकपुरको सहरी क्षेत्रमा निकै राम्रो प्रदर्शन गरेपछि जनकपुर उद्योग वाणिज्य संघका अध्यक्ष शिवशंकर साह हिरा,जनकपुर अञ्चल बस व्यवसायी संघका अध्यक्ष मनोज चौधरी सहित टिकटको आकांक्षी थिए । तर, परमेश्वरलाई टिकट दिएपछि अरु असन्तुष्ट देखिएका छन् ।

टिकटका आकांक्षीहरु अन्य पार्टीमा समेत जान सक्ने चर्चा चलेको छ । उनीहरुलाई मिलाउन सकिएन भने राजपाको लागि निकै ठूलो चुनौती छ ।

प्रदेश नम्बर ३ ‘ख’को राजपाबाट उम्मेदवार रहेका परमेश्वर साहले सबैले आआफनो आकांक्ष देखाउनु स्वभाविक रहेको बताउँदै असन्तुष्टहरुलाई मिलाउने प्रयास भइरहेको बताए ।

राजपाले आफनो असन्तुष्ट पक्षलाई मिलाउन सकेन भने जित्न गाह्रो छ । कांग्रेसका तर्फबाट ३ ‘ख’ मा उम्मेदवार बनेका श्यामप्रसाद साह जनकपुर उद्योग वाणिज्य संघका पुर्व अध्यक्ष हुन् ।

दुई पटकसम्म अध्यक्ष रहेका साहलाई पार्टीले उनको नगरमा रहेको बलियो पकडको कारणले गर्दा नै उम्मेदवार बनाएको हो ।

कतिपयले पार्टीको अहिलेको निर्णयलाई समय सापेक्ष रहेको बताइरहेको भएपनि कांग्रेस भित्रै साहलाई उम्मेदवार बनाएपछि निकै असन्तुष्टिहरु बाहरिएको समेत छ ।

पूर्व मयेर बजरंगप्रसाद साहले प्रदेशमा आफ्नो आकांक्षीहरु देखाएका थिए । तर, कानुनी बाध्यताको कारणले उनी निर्वाचन लड्न योग्य नरहेको कारणले गर्दा उनले हरिशंकर साहको नाम प्रस्ताव गरेको थियो । तर, उनलाई टिकट नदिएर श्यामलाई टिकट दिएपछि पार्टीको एउटा खेमा यसको विरुद्धमा देखिएका छन ।

उनीहरुले पार्टीको विरुद्धमा मतदान गरेको अवस्थामा पार्टीलाई यस निर्वाचनमा समेत निरासा नै हात लाग्ने अनुमान गरिएको छ । तर, श्यामले जसरी राजपाका असन्तुष्टहरुलाई समात्ने प्रयासमा लागेका छन्, त्यसले कांग्रेसको असन्तुष्टिले खासै प्रभाव भने नपार्ने अनुमान गरिएको छ ।

राजपाको असन्तुष्ट श्यामको पक्षमा गएन र कांग्रेसको एउटा पक्षले विपक्षमा मत हालेको अवस्थामा कांग्रेसलाई फेरि निरासा नै हात लाग्ने सम्भावना रहेको छ ।

यता श्याम साहले अहिलेसम्म आफूले पार्टीमा टिकट वितरण भएपछि असन्तुष्टि नदेखिएको दावि गरे । उनले भने-‘मलाई त लाग्दै की कोही असन्तुष्ट होलान,तरपनि सिट एउटा भएको कारणले पार्टीले विचार गरेर नै टिकट वितरण गरेको कारणले यसप्रति कसैले चित दुखाउन नहुँदैन ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment