+
+
Shares

घरदैलोमा पुगे प्रचण्ड: मतदाताले देखाए भत्किएको बाटो (तस्वीरसहित)

अनलाइनखबर अनलाइनखबर
२०७४ कात्तिक २४ गते १३:०५

२४ कात्तिक, चितवन । चितवन क्षेत्र नं. ३ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार, माअोवादी केन्द्रका अध्यक्ष प्रचण्डले घरदैलो अभियान सुरू गरेका छन् ।

घरदैलो कार्यक्रममा प्रचण्डलार्इ स्वागत गर्दै मतदाताले विकासको अपेक्षा गर्दै छिट्टै प्रतिबद्धताहरू पूरा गर्न अाग्रह गरेका थिए  ।

शुक्रबार बिहान भरतपुरको पासरनगरबाट घरदैलो अभियान सुरु गरेका प्रचण्डलार्इ स्थानीय मतदाताले भत्किएको बाटो देखाउँदै छिट्टै बनाइदिन अाग्रह गरे।

घरदैलोका क्रममा अधिकांश मतदाताले बाटोघाटोको व्यवस्थापन र विकास गर्न आग्रह गरेका थिए । घरदैलोमा आइपुगेका दाहाललाई स्वागत गर्दै मतदाता सरस्वती पौडेलले घर अगाडिको भत्किएको बाटो देखाउँदै, छिट्टै बनाउन आग्रह गरिन् ।

घरदैलोका क्रममा प्रचण्डलाई  स्थानीय अर्का मतदाता कृष्ण सापकोटाले गरेको प्रतिबद्धता पूरा गर्न आग्रह गरे ।

घरदैलोका  क्रममा अध्यक्ष प्रचण्डले  जनताले विकास चाहेको भन्दै त्यसैले आम समुदायको चाहना पूरा गरेरै छाड्ने प्रतिवद्धता व्यक्त  गरेका थिए ।

मतदाताहरूसँगको भेटघाटकै  क्रममा प्रचण्डले राजनीतिक स्थायित्व र विकासका लागि अहिलेको निर्वाचन महत्वपूर्ण भएको बताए ।

आफ्नो उम्मेदवारी पनि राजनीतिक स्थायित्व र समृद्ध राष्ट्र निर्माणका लागि भएको उल्लेख गर्दै उनले भने -“यसैका लागि नै वाम गठबन्धन गरिएको हो ।”

शुक्रबारनै शरदपुर हुँदै ३ नम्बर निर्वाचन क्षेत्रका विभिन्न गाउँमा घरदैलो कार्यक्रम गरिने माओवादी केन्द्र चितवनका इञ्चार्ज ईश्वरी भट्टराईले जानकारी दिए ।

  

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?