Comments Add Comment

‘मेला’ निर्माता भन्छन्–‘सिंगल थिएटरमा व्यापार सुखद’


चलचित्र ‘मेला’ सहित आजबाट ४ चलचित्र रिलिज भएका छन् । ४ नेपाली चलचित्रमध्ये कुन चलचित्रको व्यापार अगाडि होला भन्ने कौतुहलता दर्शकमा हुनसक्छ । चारैवटा चलचित्रको व्यापार मल्टिप्लेक्स हलमा भने खासै देखिएको छैन । दयाहाङ राई अभिनित चलचित्र ‘तान्द्रो’ होस्  या नायक सलोन बस्नेतको मुख्य भूमिका रहेको चलचित्र ‘मेला’ नै किन नहोस्, मल्टिप्लेक्समा कमजोर देखिएका छन् ।

तर, काठमाण्डौ लगायत देशभरका सिंगल हलमा भने चलचित्र ‘मेला’को व्यापार सन्तोषजनक छ । चलचित्रका निर्माता हरि पन्तले भने–‘मल्टिप्लेक्समा चलचित्रको व्यापार खासै छैन । तर, सिंगलको व्यापारले म खुशी छु ।’

काठमाण्डौको गोपिकृष्ण, गुण, अष्टनारायण, गंगा लगायतका हलमा दर्शकको उपस्थिती राम्रो रहेको उनले बताए । साथै, काठमाण्डौ बाहिरबाट पनि आज व्यापार राम्रो रहेको खबर आएको उनले बताए ।

अन्य ३ चलचित्र भन्दा ‘मेला’ अगाडि रहेको हल संचालकहरुले बताएका छन् । बसन्त निरौला निर्देशित यो चलचित्रमा सलोन बस्नेत, आमेष भण्डारी र अशिष्मा नकर्मीको मुख्य भूमिका छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment