+
+
Shares

कम्युनिष्टहरुले मुलुकलाई आर्थिक विकासतिर जान दिँदैनन्ः विश्वप्रकाश

अनलाइनखबर अनलाइनखबर
२०७४ कात्तिक २४ गते १३:०२

२४ कात्तिक, झापा । नेपाली कांग्रेसका केन्द्रीय सदस्य विश्वप्रकाश शर्माले कम्युनिष्टहरुले राष्ट्रपतीय प्रणाली र प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीको विवाद निकालेर राजनीतिक अस्थिरता ल्याउन खोजेको आरोप लगाएका छन् ।

शुक्रबार झापामा आयोजित चुनावीसभालाई सम्बोधन गर्दै उनले कम्युनिष्टहरुले मुलुकलाई आर्थिक विकासतिर जानै नदिने दाबी गरेका हुन् ।

कांग्रेसबाहेक अरु कसैले यो अभिभारा पूरा गर्न नसक्ने समेत उनको भनाइ थियो ।

‘कांग्रेसलाई कमजोर पार्ने तत्कालिन दरबार र कम्युनिष्टहरुका कारण देशको आर्थिक विकास सुस्त भएको हो’, उनले दाबी गरे, ‘राजनीतिक अस्थिरता समेत देशको आर्थिक विकासको बाधक हो ।’

उनले नेपाली कांग्रेसको नेतृत्वमा देशले संविधानसभाबाट संविधान प्राप्त गरी राजनीतिक व्यवस्थाको टुंगो लागिसकेकाले अब जनताको आकांक्षा अनुरुपको आर्थिक सामाजिक विकास कांग्रेसले गर्ने दाबी गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?