Comments Add Comment

चितवनमा आइतबारदेखि मतदाता शिक्षा कार्यक्रम

२६ कात्तिक, चितवन । जिल्ला निर्वाचन कार्यालय, चितवनले आइतबारदेखि मतदाता शिक्षा कार्यक्रम सुरु गरेको छ । कात्तिक २६ देखि २८ गतेसम्म ३ दिन चल्ने कार्यक्रममा ४ सय ८ जना सहभागी छन् ।

पहिलो दिन १ सय ४० जनालाई तालिम दिइएको जिल्ला निर्वाचन कार्यालय चितवनका प्रमुख हरि ढकालले जानकारी दिए ।

दोस्रो दिन २७ गते २ सय जनालाई र तेस्रो दिन २८ गते बाँकी रहेकालाई मतदाता शिक्षा तालिम दिइने निर्वाचन कार्यालयले जनाएको छ ।

निर्वाचन शिक्षा कार्यकर्तालाई तालिम दिएकै भोलिपल्टबाट भोट हाल्ने तरिका सिकाउन आफ्नो क्षेत्रको टोलटोलमा खटाइने निर्वाचन कार्यालयका प्रमुख हरि ढकालले जानकारी दिए ।

चितवन मावि नजिक रहेको शैक्षिक तालिम केन्द्र र जिल्ला समन्वय समितिको हलमा मतदाता शिक्षा तालिम दिने कार्यक्रम छ ।

४ सय ८ वटा मतदान केन्द्रमा कम्तिमा १ जनाका दरले पुग्ने गरी मतदाता शिक्षा सहजकर्ता परिचालन गर्ने लक्ष्य रहेको छ । चितवनमा मतदाता संख्या तीन लाख ५४ हजार ३६ मतदाता छन् ।

सर्वोच्च अदालतले प्रतिनिधि र प्रदेशसभाको प्रत्यक्षतर्फको मतपत्र अलग अलग बनाउन निर्देशन दिएपछि मतदाता शिक्षा कार्यक्रम पनि ढिला सुरू भएको हो ।

यसपटक पहिलाको जस्तो लामो मतपत्र नहुने आयोगले जनाएको छ । जसका कारणले वदरमतको संख्या कम हुने विश्वास आयोगको रहेको प्रमुख ढकालले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment