Comments Add Comment

‘कृ’ रिलिज लगतै अनमोल होम प्रोडक्शनको फिल्ममा काम गर्दै


नायक अनमोल केसीका फ्यानका लागि एउटा खुशीको कुरा । चलचित्र ‘गाजलु’ पछि करिब डेढ बर्ष अनमोललाई पर्दामा हेर्न पर्खिएका दर्शकले अब, चलचित्र ‘कृ’ लगतै अर्को एक चलचित्रमा पनि अनमोललाई देख्न पाउनेछन् ।

चलचित्र ‘कृ’ माघ २६ गते रिलिज गर्न अनमोल आफै पनि हतारिएका छन् । यसको मुख्यकारण, अनमोल ‘कृ’ लगतै आफ्नै होम प्रोडक्शनमा बन्न लागेको अनटाइटल प्रोजेक्टमा व्यस्त हुनेछन् । द सुपर काजोल फिल्मस्को ब्यानरमा बन्ने चलचित्रलाई भूवन केसीले निर्माण गर्नेछन् ।

यो चलचित्रलाई ‘ऐश्वर्य’ चलचित्रका निर्देशक दिवाकर भट्टराइले निर्देशन गर्दैछन् । अहिले लभ स्टोरी चलचित्र लेखनमा जमेका सामिप्यराज तिमिल्सिनाले यसको कथा लेखिरहेका छन् । सामिप्य आफै पनि यसपटकको कथामा सन्तुष्ट देखिएका छन् ।

यो चलचित्रलाई आउँदो बर्षको भदौमा रिलिज गर्ने तयारी यसको निर्माणपक्षले गरेको छ । यसैले पनि अनमोल ‘कृ’लाई माघ भन्दा पछि रिलिज गर्न नहुने सोचमा पुगेका हुन् । कारण, अनमोलले अभिनय गरेका चलचित्र रिलिजका लागि केही समय ग्याप रहने गर्छ ।

अनमोल, आफ्नो चुलिदो स्टारडमलाई बचाउन चाहन्छन् । ‘कृ’ माघ २६ गते रिलिज भएलगतै नयाँ चलचित्रको छायांकन फागूण १० गतेबाट सुरु गर्ने तयारी निर्माता केसीले गरेका छन् । लेखक तिमिल्सिना भन्छन्-‘अनमोल फेरि नयाँ भूमिकामा देखिनेछन् । यसपटक कथा बेग्लै छ, दर्शकले अनमोलको नयाँ गेटअप देख्नुहुनेछ ।’ चलचित्र ‘कृ’मा अनमोल चलकेटी र एङ्ग्री अवतारमा देखिदैछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment