Comments Add Comment

सारासँग निखिलको रोमान्टिक अवतार


चलचित्र ‘पिजडा ब्याक एगेन’मा समावेश रोमान्टिक गीत सार्वजनिक गरिएको छ । केही समय अगाडि सार्वजनिक भएको चलचित्रको लोकलयको गीतले औषत चर्चा पाएको छ । माघको पहिलो साता रिलिज हुने चलचित्रको ‘तिमी नी आधा’ बोलको गीतको भिडियो रिलिज गरिएको हो ।

यो गीतमा अर्जुन पोखरेलको संगीत, मुक्त उदासको शब्द, अर्जुन र अन्जु पन्तको स्वर छ । यो चलचित्रमा निखिल उप्रेती, सारा श्रीपाली, सुस्मिता केसी, पुकार भट्टराई, ज्याक श्रेष्ठ, कुशाग्र भट्टराई लगायतका कलाकारको मुख्य भूमिका छ ।

चलचित्रमा सौरभ लामाको छायांकन, बनिष शाह र मिलन श्रेष्ठको सम्पादन, मौनता श्रेष्ठको कथा, हिमाल केसीको एक्सन छ । हिमाल केसीले नै यो चलचित्रको निर्देशन गरेका हुन् । चलचित्रमा रोहित पुरी, गोविन्द गैरे, चन्द्र बहादुर क्षेत्रीको लगानी छ । चलचित्र ‘रुद्र’मा एकसाथ काम गरेपछि निखिल र साराको जोडी जमेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment