Comments Add Comment

रामेछापमा कांग्रेस-वाम गठबन्धन सोझो टक्कर

वाम गठबन्धनका उम्मेदवार

२७ कात्तिक, रामेछाप । जिल्लामा १२ वटा राजनीतिक दल चुनावी मैदानमा छन् । तीमध्ये कांग्रेस र वाम गठबन्धनका उम्मेदवारबीच सोझो टक्कर हुने देखिएको छ ।

प्रतिनिधि सभामा कांग्रेसबाट पूर्णबहादुर तामाङ कान्छाराम उम्मेदवार छन् । वाम गठबन्धनबाट माओवादी केन्द्रका श्यामकुमार श्रेष्ठ उठेका छन् । श्रेष्ठ बहालवाल बिनाविभागीय राज्यमन्त्री हुन् ।

राप्रपाले कांग्रेसलाई समर्थन गरेको छ ।

वाम गठबन्धनका उम्मेदवार श्रेष्ठ ०७० सालको दोस्रो संविधानसभा निर्वाचनमा प्रत्यक्ष निर्वाचित भएका थिए । गोकुलगंगा गाउँपालिका-१ चुचुरेका तामाङ निर्माण व्यवसायी हुन् ।

प्रदेशतर्फका दुई सिटमा पनि वाम गठबन्धन र कांग्रेसकै टक्कर हुने देखिएको छ । वाम गठबन्धनमा प्रदेशतर्फका दुवै सिटमा एमालेका उम्मेदवार छन् । प्रदेश ‘क’मा एमाले जिल्ला अध्यक्ष शान्तिप्रसाद पौडेल उम्मेदवार छन् । कांग्रेसका रत्न कार्कीसँग उनको प्रतिस्पर्धा छ ।

प्रदेश ‘ख’मा कांग्रेसका जीतबहादुर मगर र एमालेका कैलाश ढुंगेल भिड्दै छन् ।

नेपाली कांग्रेसका उम्मेदवार

यसअघिका दुई वटा निर्वाचन क्षेत्रमध्ये १ मा एमालेले दुई, कांग्रेसले दुई र माओवादीले एक पटक जितेका थिए । क्षेत्र नम्बर २ मा कांग्रेसले दुई, माओवादीले दुई र जनमोर्चाले एक पटक जितेका थिए ।

गत स्थानीय तह निर्वाचनमा दुई नगरपालिकामध्ये एक एमाले र एक कांग्रेसले जितेका थिए । माओवादीको पोल्टामा दुई गाउँपालिका परेका थिए । तीन वटा गाउँपालिका एमालेले जितेको थियो ।

त्यसआधारमा अत्यधिक बहुमतले वाम गठबन्धनले विजय हासिल गर्ने उक्त गठबन्धनका उम्मेदवार श्रेष्ठको दाबी छ ।

कांग्रेस उम्मेदवारहरु भने जिल्लाका मतदाताले सधैं एउटै पार्टीलाई मात्र मत दिएको इतिहास नभएकाले स्थानीय तह चुनावलाई आधार मान्न नसकिने बताउँछन् । आफूले गरेको सामाजिक काम र वाम गठबन्धनभिको असन्तुष्टीका कारण आफ्ना पक्षमा मत खस्ने कांग्रेस उम्मेदवार तामाङको दाबी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment