Comments Add Comment

‘लिलिबिली’मा प्रदिपसँग प्रियंका, रेविका किन बाहिरिइन् ?


कुनै चलचित्रमा कलाकार बाहिरिनु र भित्रिनु नौलो कुरा होइन । चलचित्रको छायांकनमा पुगेपछि पनि कलाकार बाहिरिएका उदाहरण छन् । केही महिना अगाडि चलचित्र ‘लिलिबिली’को घोषणा काठमाण्डौको पाँच तारे होटलमा भव्य कार्यक्रमको आयोजना गर्दै गरिएको थियो । सो कार्यक्रममा, नायक प्रदिप खड्का र २ नयाँ नायिका बडिगार्डसहित उपस्थित भएका थिए ।

चलचित्रमा प्रदिपसँग रोमान्स गर्न दुई नव-नायिका रेविका गुरुङ र जसिता गुरुङ तयार भएका थिए । तर, चलचित्रको छायांकन सुरु हुनै लाग्दा कलाकार परिवर्तन भएका छन् । बेलायतमा चलचित्रको छायांकन हुनेछ । चलचित्रको छायांकनका लागि नायक प्रदिप खड्का बेलायत पुगिसकेका छन् ।

यस्तै, नायिका जसिता गुरुङ पनि बेलायतमै छिन् । तर, नायिका रेविका गुरुङ भने अब यो चलचित्रमा नहुने पक्का भएको छ । रेविका नहुनुको मुख्यकारण, उनलाई यूकेले २ पटकसम्म भिसा नदिनु हो । अर्कोतिर, उनी १ महिनादेखि जण्डिसका कारण बिरामी छिन् । यसैले पनि नायिका परिवर्तन गर्नुपरेको निर्देशक मिलन चाम्सले बताएका छन् ।

अब, यो चलचित्रमा नायिका प्रियंका  कार्कीले काम गर्ने पक्का भएको छ । निर्देशक मिलन चाम्स र नायिका कार्कीले यो कुराको पुष्टी गरेका छन् । मिलनका अनुसार, अहिले नै कलाकारको भूमिका सार्वजनिक गर्न मिल्दैन ।

उनले प्रियंकाले चलचित्रमा प्रदिपसम्म रोमान्स गर्छिन् या गर्दिनन् भन्ने खुलाउन नसकिने बताए । अब, चलचित्रमा प्रदिप खड्का, प्रियंका कार्की र जसिता गुरुङले काम गर्नेछन् । चलचित्रको छायांकन केही दिनमै यूकेमा सुरु हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment