Comments Add Comment

अल्फाविटा अन्तरकलेज फुटसल मंसिर ६ देखि

२८ कात्तिक, काठमाडौं । अल्फा विटा एजुकेशनल कन्सल्टेन्सीले अन्तरकलेज फुटसल प्रतियोगिता आयोजना गर्ने भएको छ ।

प्रतियोगिता मंसिर ६ देखि ८ गतेसम्म शंखमूल फुटसलमा हुने अल्फा विटाका अध्यक्ष द्विराज शर्माले जानकारी दिए । शर्माले प्रतियोगितालाई हरेक वर्ष निरन्तरता दिने लक्ष्यका साथ पहिलो पटक औपचारिक रुपमा खेलकुदमा प्रवेश गरेको बताए ।

प्रतियोगितालाई सफलतापूर्वक सम्पन्न गर्न राष्ट्रिय फुटबल टोलीका पूर्व कप्तान हरि खड्का र दक्षिण एसियाली खेलकुदका कीर्तिमानी स्वर्णधारी तेक्वान्दोका दिपक विष्टलाई संयोजक तोकिएको छ ।

खड्काले लिग कम नकआउट आधारमा हुने प्रतियोगितामा १६ देखि २० टिमको सहभागिता अपेक्षा गरिएको बताए ।

प्रतियोगिताको विजेताले १ लाख, उपविजेताले ६० हजार र तेश्रोले ४० हजार नगद पुरस्कार पाउने छन् । नकआउट चरणदेखिको प्रत्येक खेलको ‘म्यान अफ द म्याच’ लाई १ हजार नगद पुरस्कार दिइने छ भने सर्वोत्कृष्ट र सर्वाधिक गोलकर्ता खेलाडीलाई १० हजार नगदबाट पुरस्कृत गरिने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment