Comments Add Comment

योग शिविर बन्यो उम्मेदवारलार्इ भोट माग्ने थलो

२९ कात्तिक, जनकपुर । जनकपुरमा सञ्चालन भएका विभिन्न योग शिविरहरुमा अहिले उम्मेदवारहरुको जमघट हुन थालेको छ । जनकपुरको विभिन्न स्थानमा करीब एक दर्जनको संख्यामा योग शिविरहरु सञ्चालन भइरहेका छन् ।

प्रत्येक योेेग शिविरहरुमा एक सयदेखि २ सय भन्दा बढी व्यक्तिहरु योग प्रणायाम गर्न आउने गरेका छन् । महिला र पुरुष मतदाताहरुको उल्लेख्य सहभागिता रहने भएपछि नेताहरुले शिविरलाई मत माग्ने थलोका रुपमा लिने गरेका छन् ।

सर्वसाधारणहरु सहज रुपमा नै त्यहाँ उपस्थिति हुने र मत माग्न समेत सजिलो हुने भएकोले उम्मेदवारहरु मत माग्नको लागि विहानैदेखि जनकपुरको विभिन्न योग शिविरहरुमा धाउने गरेका हुन् ।

अहिले जनकपुरको दुई प्रभावशाली उम्मेदवार नेपाली कांग्रेसका नेता विमलेन्द्र निधि र राजपाका नेता राजेन्द्र महतो प्रत्यक दिन जसो कुनै न कुनै योग शिविरमा धाउने गरेको देखिन्छ ।

दुवै जना धनुषा-३ बाट प्रतिनिधिसभाका उम्मेदवार हुन । उनीहरु विभिन्न योग शिविरमा गएर आफनो कुरा राखेर मत माग्ने गरेका छन् ।

जनकपुरमा हुने गरिएको निर्वाचनमा जातीय फ्याक्टरले काम गर्ने हुँदा अहिले योग शिविरमा उनीहरु जाने गरेका हुन् । कतिपय जातीय प्रभाव पार्ने व्यक्तिहरु समेत योग शिविरमा जाने गरेकोले मतदातालाई रिझाउनको लागि उनीहरु शिविरमा जाने गरेको जानकारहरुको भनाइ छ ।

धनुषा-३ बाट उम्मेदवार रहेका विलेन्द्र निधिले जनतासँग अन्तरकि्रया गर्न सहिजो हुने भएकोले योग शिविरमा जाने गरेको बताए । त्यसैगरी राजपा नेता महतोले पनि आफ्नो धारणा राख्ने र एकै थलोमा अन्तरकि्रया कार्यक्रम गर्न सजिलो हुने भएकोले योग शिविरमा आउने गरेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment