एभरेष्ट सूर्य बोहराको निर्देशनमा तयार हुन लागेको चलचित्र ‘भैरे’को आज घोषणा गरिएको छ । काठमाण्डौमा आयोजना भएको पत्रकार सम्मेलनमा पूजा गर्दै चलचित्र निर्माणको घोषणा गरियो ।
यो चलचित्रको शिर्ष भूमिकामा नायक दयाहाङ राई देखिदैछन् । दयालाई चलचित्रमा सुनिल थापा, वुद्धि तामाङ, विक्रान्त बस्नेत, बर्षा सिवाकोटी, सुरक्षा पन्त, जाहन्वी बोहराले साथ दिनेछन् ।
यो चलचित्रमा दयाको जोडीको रुपमा सुरक्षा देखिदैछिन् भने वुद्धिको जोडीको रुपमा बर्षा देखिदैछिन् । चलचित्रमा प्रेम प्रसाद पौडेलको लगानी रहनेछ भने देविमाया अधिकारी यसको कार्यकारी निर्माता हुन् । चलचित्रमा यम बराल, लेख बहादुर गुरुङ र रघु पुरी सह-निर्माताको रुपमा छन् । चलचित्रको छायांकन मंसिर ४ गतेबाट सुरु हुनेछ ।
चलचित्रलाई उपल्लो मुस्ताङ, पोखरा र काठमाण्डौमा खिचिनेछ । ४० दिन लगाएर चलचित्र खिचिने निर्देशक बोहराले बताए । चलचित्रको कथावस्तु राम्रो रहेको भन्दै नायक दयाहाङ राइले अरु चलचित्र रिलिज भएपछि नै बोल्ने बताए ।
नायिका बर्षा सिवाकोटीले चलचित्रको कथा अत्यन्त राम्रो र रमाइलो रहेको बताउँदै सम्पूर्ण टिमको सहयोगमा एउटा राम्रो चलचित्र बन्ने बताइन् । अर्की नायिका सुरक्षा पन्तले पनि राम्रो टिमबाट राम्रो चलचित्र बन्ने विश्वास व्यक्त गरिन् ।
प्रतिक्रिया 4