Comments Add Comment

वायु प्रदूषणले हृदयघातको जोखिम

नेपालमा पनि वायु प्रदुषणका कारण छातीको समस्या, मुटु रोग, मृगौला, मधुमेह लगायतका बढिरहेको चिकित्सकहरुले बताएका छन् । वायु प्रदूषणको कारण हृदयघातको खतरा समेत रहने गरेको उनीहरुको भनाई छ ।

त्यसो त वायु प्रदुषण अहिले विश्वकै लागि चुनौती बन्दै गएको छ । वायु प्रदुषणकै कारण अहिले विश्वका लाखौ व्यक्ति स्वास प्रश्वाासको समस्याबाट ग्रसित छन् । त्यसमध्ये पनि ओ रक्तसमूह बाहेकका अन्य रक्तसमूह वायु प्रदुषणका कारण हुन सक्ने हृदयाघातको मुख्य जोखिममा रहेको एक नयाँ अध्ययनले देखाएको छ ।

के भन्छ अध्ययन ?

मंगलबार क्लालिफोर्नियामा सम्पन्न अमेरिकन हार्ट एशोसिएसनको वाषिर्क साधारण सभामा प्रस्तुत गरिएको एक अध्ययनले यो नतिजा देखाएको हो ।

अध्ययन अनुसार कोलोनरी हार्ट डिजिज भएका ए, बी र एबी रक्त समूह भएका मानिस वायु प्रदुषणको चपेटामा अधिक समय रहेको अवस्थामा त्यस्ता रक्तसमूह भएका व्यक्तिलाई वायु प्रदुषणका कारण हृदयाघातको जोखिम बढी हुने गर्छ ।

अमेरिकन इन्भाइरोमेन्ट प्रोटेक्सन एजेन्सीले पीएम २.५ वा सो भन्दा कम आकारका धुलोका कण निलेको खण्डमा यो समस्या देखिने गर्छ ।

सामान्यतयाः कोलोनरी हार्ट डिजिज नहुने मानिसलाई हृदयाघातको जोखिम अन्य व्यक्तिको तुलनामा कम हुने गर्छ । कोलोनरी हार्ट डिजिज हुनेलाई पनि हृदयाघात हुन्छ नै भन्ने छैन । हृदयाघात हुनकै लागि मुुटुमा अन्य समस्या पनि हुन जरुरी छ, साल्ट लेक सिटीस्थित इन्टरमाउन्टेन मेडिकल सेन्टरका हार्ट इन्ष्िटच्यूटका अनुसन्धानकर्ताहरुले भने ।

‘ओ’ रक्तसमूह बाहेकका अन्य रक्तसमूहका विरामीमा हुने वायु प्रदुषण र हृदयाघात बीचको समन्वयका विषयमा आत्तिन जरुरी छैन, तर सचेत हुन आवश्यक छ’, इन्ष्िटच्यूटका क्लिनिकल इपिडिमियोलोजिस्ट तथा अनुसन्धानका प्रमुख अनुसन्धानकर्ता बेञ्जामिन होर्नले भने ।

यो अध्ययनबाट आएको नतिजा सामान्य भएकोले यसलाई प्रारम्भिक अध्ययन मान्न सकिने अनुसन्धानकर्ताहरुको भनाई छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment