Comments Add Comment

एमबीबीएसको विवादास्पद प्रवेश परीक्षा रद्द हुने

३० कार्तिक, काठमाडौं । चिकित्सा शिक्षा अध्ययन संस्थान (आईओएम) ले २८ असोजमा लिएको एमबीबीएसको प्रवेश परीक्षा रद्द हुने भएको छ ।

प्रवेश परीक्षामा केही परीक्षार्थीले इलेक्ट्रोनिक डिभाइसमार्फत चिट चोरी गरेको पुष्टि भएपछि त्रिभुवन विश्व विद्यालय कार्यकारी परिषदले परीक्षा नै रद्द गर्न आईओएमलाई निर्देशन दिएको हो ।

‘सीआईबीको अध्ययन प्रतिवेदन हेर्‍यौं र कानुनी सल्लाह लियौं । त्यसको आधारमा हामीले प्रतिवेदनले कारवाही अगाडी बढाउन आईओएमलाई भनेका छौं’ बैठकपछि उपकुलपति तीथ खनियाले अनलाइनखबरसँग भने ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले गरेको अनुसन्धानमा एमबीबीएसको परीक्षामा चिट चोरी भएको र प्रश्नपत्र बाहिरिएको पुष्टि भएको थियो ।

आईओएम परीक्षा समितिका संयोजक तथा सहायक डीन प्रा. डा. राजेन्द्र गुरागाईले भने त्रिविबाट निर्देशन आएपछि परीक्षा रद्दबारे निर्णय लिने बताएका छन् । उनले भने, ‘परीक्षा रद्द गर्न त्रि.वि कार्यकारी परिषद्बाटै निर्देशन आउनु पर्छ । तर अहिलेसम्म कुनै निर्देशन आएको छैन ।’

यो पनि पढ्नुस्

गोविन्द केसीकै मान्छे शंकाको घेरामा, उत्तरपुस्तिका सीआइबीले जाँच्दै 

गोविन्द केसीविरुद्ध नाराबाजी, आईओएमका डीनको पुत्ला दहन (भिडियोसहित)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment