Comments Add Comment

५१ दिनको खुशीमा ‘छक्का पन्जा २’ टिमको सेलिव्रेशन


चलचित्र ‘छक्का पन्जा २’को टिमले काठमाण्डौमा एक कार्यक्रमको आयोजना गर्दै ५१ दिने सेलिव्रेशन गरेको छ । असोज ११ गतेबाट रिलिज भएको चलचित्रले कात्तिक ३० गते ५१ दिनको सफलता पार गरेको हो ।

चलचित्रले ५१ दिनको सफलता पार गर्दै केही किर्तिमान समेत बनाएको छ । चलचित्रले ओपनिङ ब्यापार, एक साताको व्यापारमा नयाँ रेकर्ड बनाएको हो । ५१ दिनसम्म चलचित्र काठमाण्डौका केही हलमा चलिरहेको छ । यही, अवसरमा काठमाण्डौको सीटी सेन्टरमा आयोजना भएको कार्यक्रममा हाँस्य कलाकार हरिवंश आचार्यले केक काटे ।

चलचित्रका निर्माता तथा कलाकार दीपकराज गिरीले चलचित्रमा केही कमजोरी भएपनि दर्शकले माया गरिदिनु भएको भन्दै खुशी व्यक्त गरे । उनले, आगामी दिनमा अझ उत्कृष्ट चलचित्र बनाउने बाचा समेत गरे । चलचित्रकी निर्देशक दीपाश्री निरौलाले कमीकमजोरी भएपनि सुधार्दै अगाडि बढ्ने बताइन् ।

चलचित्रको सफलतामा यसको टिमलाई मायाको चिनो पनि वितरण गरिएको थियो । चलचित्रका निर्देशक, निर्माता, कलाकार, प्राविधिक सबैलाई मायाको चिनो वितरण गरियो । कार्यक्रममा चलचित्रका मुख्य कलाकार दीपकराज गिरी, बर्षा राउत, स्वस्तिमा खड्का, जीतु नेपाल, केदार घिमिरे, किरण केसी, शिवहरि पौडेल, स्वरुपपुरुष ढकाल लगायतको उपस्थिती थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment