Comments Add Comment

यसकारण घटाउँदैछिन् बर्षा १० केजी तौल


नायिका बर्षा राउत बिहिबार बेलुकी खुशी देखिइन् । आफू अभिनित अर्को चलचित्रले पनि ५१ दिन मनाएपछि उनी खुशी नहुने कुरै थिएन । उनी अभिनित ‘छक्का पन्जा, जात्रा र छक्का पन्जा २’ले ५१ दिनको यात्रा पुरा गरे । कुनै नायिकाका लागि यो भन्दा खुशीको कुरा अरु के हुन सक्ला र ?

तर, पनि बर्षाको मनमा एउटा कुरा भने खेलिरहेको थियो । उनी, आफू सोलो नायिकाको रुपमा प्रस्तुत भएर हिट चलचित्र दिन चाहन्छिन् । जुन, आजसम्म उनले पुरा गर्न सकेकी छैनन् ।

मिडियाको प्रश्नमा बर्षाले आफू यसैको तयारीमा लागेको सुनाइन् । उनले भनिन्-‘हो, अब चाडै नै तपाइहरु मलाई यस्तो चलचित्रमा देख्न सक्नुहुनेछ । यसैका लागि अहिले म मिहिनेत गरिरहेको छु ।’

उनी, आफ्नो तौल १० केजी घटाउन चाहन्छिन् । अहिलेसम्म, २ केजी तौल घटिसकेको छ । ८ केजी तौल घटाउन भने उनलाई कम्ता सकस परेको छैन । बर्षा भन्छिन्-‘अहिले म खानेकुरा पनि कन्ट्रोल गरिरहेको छु । बरु घरमै बस्छु । नयाँ चलचित्रका लागि तयारीमा छु ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment