Comments Add Comment

सुन्दरीजलस्थित पानी प्रशोधन केन्द्रको निर्माण सकियो


१ मंसिर, काठमाडौं । सुन्दरीजलस्थित बहुप्रतिक्षित पानी प्रशोधन केन्द्रको निर्माण सम्पन्न भएको छ । यो केन्द्रको निर्माण ०७० सालको पुस १७ गते प्रारम्भ भएको थियो । केन्द्रको निर्माण जाइकाले दिएको ५ अर्ब ७ करोड ८० लाख रुपैयाँको ऋण सहयोगमा बनाइएकोेे हो ।

जाइकाको उक्त सहयोग दैनिक ८ करोड ५० लाख लिटर बराबरको पानी प्रशोधन गर्ने केन्द्रको निर्माण र त्यससँग सम्बन्धित परामर्श सेवाहरूको लागि थियो ।

मेलम्ची खानेपानी परियोजनाको सुरुङ निर्माणको काम तथा अन्य कार्यहरू सम्पन्न भएपश्चात यो प्रशोधन केन्द्र आˆनो अधिकतम क्षमतामा सञ्चालनमा आउनेछ ।

यस केन्द्रबाट प्रशोधित पानी शुद्ध खानेपानी मापदण्ड अनुसारकै हुनेछ । मेलम्ची खोलाको डाईभर्सन स्किम र वितरण प्रणालीको बिचमा यो प्रशोधन केन्द्र अत्याधुनिक प्रविधि प्रयोग गरी बनाइएको छ ।

यसमा कोगुलेसन सेडिमेन्टेसन प्रक्रिया सहितको तीव्र बालुवा फिल्ट्रेसन प्रणालीको उपयोग गरिएको छ । यस प्रणालीमा यान्त्रिक उपकरण र रसायनको ग्य्राभिटी फिडको आवश्यकता पर्दछ । यस केन्द्रमा २०० किलोवाटको लघु जलविद्युत प्लान्ट पनि रहेको छ जसको माध्यमबाट यो केन्द्र स्व-सञ्चालित हुनसक्छ ।

बागमती नदीको पानी प्रयोग गरीे सञ्चालन परीक्षणको कार्य पनि समाप्त भइसकेको छ र हाल यो केन्द्र प्रति दिन ८ करोड ५० लाख लिटर पानी प्रशोधन गर्नको लागि तयारी अवस्थामा छ ।

अब केही बाँकी काम सकेपछि केन्द्र ठेकेदारबाट मेलम्ची खानेपानी परियोजना समितिलाई हस्तान्तरण गरिनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment